टेकुमा तनाव- पाण्डेलाई पक्राउ गर्न दवाव दिँदै तामाङ कलाकारले घेरे प्रहरी कार्यालय

काठमाडौं । ‍अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न दवाव दिँदै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकुमा बिरोध प्रर्दशन गरेका छन् ।

आन्दाेलन गर्न पुगेका तामाङ कलाकारहरुले परिसरकाे कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेकाे छ । प्रर्दशनका क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको आन्दोलनकारीले जनाएका छन् ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा दिएकाे अभिव्यक्तिलाइ लिएर नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको हो । पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले पाण्डेको खोजी जारी राखेको छ ।प्रहरी परिसरबाट पत्रकारलाईसमेत हटाउन थालेपछि पत्रकारहरुले क्यामेरा नै डाउन गरेर बिरोध जनाएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖