सय केजी सुन तस्करी प्रकरण : राकेश अडुकियाका बाबुछोरा नै अध्यागमनको कालोसूचीमा

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सय केजी सुन तस्करीमा संलग्न रहेको ‘क्लु’ भेटिएका राकेश अडुकियाका बाबुछोरा अध्यागमन विभागको कालोसूचीमा परेका छन् ।

राजस्व अनुसन्धान विभागले तस्करीमा राकेश र उनका छोरा रोहनको हात रहेको आधार फेला पारेको भन्दै कालोसूचीमा राखेर निगरानी गर्न ५ साउनमा अध्यागमनलाई आग्रह गरेको थियो । कालोसूचीमा परेका व्यक्तिलाई अध्यागमनले पक्राउ गर्न सक्छ ।

‘उनीहरूमाथि सूक्ष्म निगरानी भइरहेको छ,’ अध्यागमन स्रोतले भन्यो । निगरानीका लागि अध्यागमनले अन्य विमानस्थल तथा सीमानाकामा रहेका आफ्ना कार्यालयलाई पनि भनिसकेको छ । हाल सम्पर्कविहीन रहेका उनीहरू नेपालभित्रै रहेको दाबी अध्यागमन स्रोतले गरेको छ ।

पछिल्लो अवधिमा राकेश अडुकियाको ‘ट्राभल हिस्ट्री’ले पनि उनको भूमिका शंकास्पद देखिएको अधिकारीहरूले बताएका छन् । भारतीय पासपोर्टबाट उनले यात्रा गरेको देखिन्छ । राजस्व अनुसन्धान विभागले अडुकियाको ट्राभल हिस्ट्री नै मागेको थियो । अध्यागमनले अनलाइन प्रणालीमा अद्यावधिक भएयता सन् २०१४ देखिकै सबै ट्राभल हिस्ट्री राजस्व अनुसन्धानलाई दिइसकेको छ ।

गत ७ पुस (२२ डिसेम्बर) यता उनी १० पटक काठमाडौं, भारत, हङकङ, दुबई र बैंककमा आतेजाते गरेको देखिन्छ । डिसेम्बर २२ मा काठमाडौं–भारत यात्रा गरेका उनी त्यसयता डिसेम्बर २५ मा हङकङ–दुबई–काठमाडौं, जनवरी २१ मा हङकङ–नेपाल, जनवरी १४ मा काठमाडौं–हङकङ, अप्रिल १९ मा हङकङ–बैंकक–काठमाडौं, अप्रिल १३ मा काठमाडौं–भारत, मे ३० मा हङकङ–काठमाडौं, मे २६ मा काठमाडौं–हङकङ, जुन २६ मा काठमाडौं–भारत र जुलाई ५ अर्थात् गत २० असारमा हङकङ–दुबई–काठमाडौं यात्रा गरेको उनको ट्राभल हिस्ट्रीबाट देखिएको छ । यसअघि गत वर्ष सन् २०२२ मा आठपटक आउजाउ गरेको देखिन्छ ।

स्रोतका अनुसार भारतीय नागरिक अडुकियाको भारतबाहेक हङकङ र थाइल्यान्डमा पनि घर र व्यवसाय छ । त्यहाँ उनी सुन र चाँदीकै व्यवसाय गर्छन् । उनको ट्राभल हिस्ट्री र सम्बन्धित व्यवसाय हुनुले पनि उनीमाथिको आशंकामा बल पुगेको स्रोत बताउँछ ।

हङकङको व्यवसाय उनका भाइले धानेका छन् । नेपालमा अडुकियाको गाडी, सेयर, चाँदीलगायतमा लगानी छ । नेपाल, भारत, हङकङ, दुबई, बैंककमा केन्द्रित रहेर उनले कारोबार गरिरहेको अधिकारीहरू बताउँछन् ।

सुन तस्करीमा राजस्व अनुसन्धान विभाग पछिल्लो समय महŒवपूर्ण मानिएका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको छ । हालसम्म विभिन्न चार गोदाममा छापा हानिसकेको छ भने १८ आरोपीलाई पक्राउ गरिसकेको छ । -सुवास भट्ट/नयां पत्रिका

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।