काण्ड आएपछि तीन नेता छलफल गर्छन्, निर्णय कसैलाई थाहा हुन्न : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक रुपमा केही घटना हुनासाथ शीर्ष तीन नेता बसेर छलफल गर्ने तर निर्णय सार्वजनिक नगर्ने गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजिक एक कार्यक्रममा बोल्दै कोइरालाले केही घटना हुनासाथ प्रधानमन्त्री, कांग्रेस सभापति र नेकपा (एमाले) अध्यक्षबीच छलफल हुने र भएका निर्णय सार्वजनिक नगर्ने उनले आरोप लगाए ।

“कुनै घटना आउँछ, शीर्ष तीन नेता बसेर छलफल गर्छन्,” उनले भने, “के गर्छन् थाहा छैन । सिरियस हेर्नुहोस्, यो कुरा उजागर गर्न सके राइट डिरेक्सनमा जान्छ ।”

कोइरालाले प्रतिपक्षले संसद्मा गरेको अवरोधले राष्ट्रलाई घाटा भएको बताए । उनले सत्तापक्ष र प्रतिपक्ष दुवैले सदनमा बोल्नुपर्ने भन्दै यसविषयमा एमालेले बुझ्न जरुरी रहेको बताए ।

“संसद् चलेको छ, एमालेले अवरोध गरेको छ । जति बोल्नु संसद्मा बोल्नु नि । नयाँ कुरा भए एक्सपोज गर्नु,” उनले भने, “सत्ताले पनि बोल्छ । संसद् अवरूद्ध गरेर नेसनलाई कति लस भएको छ, एमालेले बुझ्न जरूरी छ । हामीले पनि बुझ्नु जरूरी छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।