चीनमा १४० वर्ष यताकै भीषण वर्षा, बाढीका कारण जनजीवन प्रभावित

चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ ।

पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो । उत्तरी चीनको हेबेई प्रान्तको बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी उद्धार टोलीले अहिले उद्धारका कार्य गरिरहेको सिन्ह्वाले जनाएको छ ।

शहरको पूर्वी भागमा भने स्थिति सामान्य सुधार भएको तर शहरको पश्चिमी भागहरूमा बाढी जारी रहेकाले उद्धार कार्य भइरहेको छ ।

शनिबार बिहान ८ बजेदेखि मङ्गलवार बिहान ११ बजेसम्म झुओझोउमा औसत वर्षा ३ सय ५५ दशमलव १ मिलिमिटर पुग्नेगरी भारी वर्षा भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

चीनको राजधानी र आसपासका क्षेत्रमा शनिवारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् भने राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना बिस्थापित भएका छन् ।-सिन्ह्वा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।