रवि लामिछानेलक्षित प्रेम बानियाँको टिप्पणी : चर्चित र चिपेष्ट केही समयमात्र टिक्छन्

काठमाडौं, १८ साउन । अमेरिकामा रहेका पत्रकार प्रेम बानियाँले रास्वपाका सभापति रवि लामिछानेलक्षित टिप्पणी गरेका छन् ।

रविले हिजो (बुधबार) चितवन–२ बाट उपनिर्वाचन जितेको एक सय दिन पुगेको अवसरमा निलो बस भनेर महिलाहरुको लागि निःशुल्क बस सेवाको उद्घाटन गरेका थिए ।

रविको उक्त कदमप्रति बानियाँको यस्तो टिप्पणी आएको हो । उनले भारतको चर्चित कम्पनी टाटाको नानो कारको दुःखद् अवसानसँग जोडेर यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेशबुकमा लेखेका छन्–
चाँडै सकियो चर्चित र चिपेष्ट नानो कार ! सन् १९४५ मा स्थापना भएको टाटा मोटर्सले सन् २००८ जनवरी १० मा संसारकै सस्तो भनेर एउटा कार लन्च गर्यो : नानो कार । स्कुटर वा मोटरसाइकल चढिरहेका मध्यम तथा निम्न वर्गीय परिवारलाई कारमा अपग्रेड गराउने उदेश्यसहित आएको यो कार यति चर्चित भयो केही समय कि यसको बिकल्प नै छैन भन्ने देखियो ।

६२४ सीसी इन्जिनको यो कारको मूल्य १५ सय देखि ३ हजार डलर थियो । जम्मा दुई वर्षवीच समय यस्तो भइदियो कि नानो कार चढ्नेहरुको इज्जत नै ‘सस्तोवाला’ भइदियो समाजमा । नानो कार चढ्ने परिवारहरुलाई समाजले हेर्ने दृष्टिकोण नै ‘चिपेष्टवाला’ भइदियो र एकाएक नौ सय दिनसमेत बित्न नपाउँदै नानोको बजार चक्नाचुर भयो ! टाटा मोटर्सको इतिहासमै यस कम्पनीका नाति पुस्ताका रतन टाटाको यो उत्पादनले बिरासतकै बेइज्जत गर्यो । त्यसैले चर्चित र चिपेष्ट केहीसमय मात्र टिक्छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।