ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै

ताप्लेजुङ, १८ साउन (रासस) ः ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ ।

आँखा उपचार केन्द्रका अनुसार गत मङ्गलबार उपचारका लागि आएका ३३ आँखाका बिरामीमध्ये १२ मा आँखा पाक्ने समस्या देखिएको छ । दैनिकजसो १२–१३ मा आँखा पाक्ने समस्या देखिने गरेको आँखा उपचार केन्द्रका ‘क्लिनिक इञ्चार्ज ’ काजी गुरुङले जानकारी दिनुभएको छ ।

आँखा पाक्ने रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीभित्रको भाग पोलेको र बिझाएको महसुस हुने तथा आँखा रातो र फुस्रो हुने जनाइएको छ । धेरै आँसु आउने, बिहान उठ्ने समयमा आँखाको ढकनी एकआपसमा टाँसिने, चिलाउने जस्ता समस्या देखिने स्विास्थ्यकर्मीले जनाएका छन् ।
आँखा पाक्ने समस्याबाट बच्न सरसफाइमा ध्यान दिने, धुलो धुवाँबाट टाढै रहन स्वास्थ्यकर्मीको सुझाव छ । यस्तै आँखामा समस्या आइहाले आँखा उपचार केन्द्रमा गई जाँच तथा उपचार गराईहाल्नसमेत केन्द्रले आग्रह समेत गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।