अब वैदेशिक रोजगारीबाट फर्किनेले एउटा टेलिभिजन ल्याउँदा भन्सार नलाग्ने

काठमाडौं । श्रम स्वीकृति लिएर एक वर्षभन्दा बढी वैदेशिक रोजगारीमा काम गरेर फर्किने श्रमिकले ल्याउने एउटा टेलिभिजनमा भन्सार छुट पाउने भएका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले झिटीगुन्टा सुविधा अन्तरगत पाउने भन्सार छुटलाई प्रस्ट बनाउँदै सामाजिक सुरक्षा कोषमा आवद्ध वैदेशिक रोजगारीमा रहेका श्रमिकले जुनसुकै साइज र मूल्यका एउटा टेलिभिजनमा छुट पाउने बताएको छ ।

‘श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेका र सामाजिक सुरक्षा कोषमा समेत सूचीकृत भएका श्रमिकले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार छुट पाउनेछन्,’ विमानस्थल भन्सार कार्यालयको सूचनामा भनिएको छ

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेको तर सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका श्रमिकले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन सकने सूचनामा उल्लेख छ । यस बाहेकको अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको भन्सार महसुल भन्सार कार्यालयमा तिनुपर्ने छ ।

यस्तै विदेशबाट नेपाल फकर्ने महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार नलाग्ने सूचनामा उल्लेख छ । २०० ग्रामसम्मको सुनको गहनामा भने विमानस्थलको भन्सार विन्दुमा भन्सार तिरेर ल्याउन सक्ने उल्लेख छ । गहनाको आकार मात्रै दिएर बनाएको बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नभएका सुनलाई गहनाको मान्यता नहुेन समेत कार्यालयले बताएको छ ।

विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार नलाग्ने कार्यालयले जनाएको छ । तर, श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन सक्नेछन् । तर, यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने सूचनामा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।