केदारनाथ पहिरोमा दुई नेपालीको मृत्यु

केदारनाथ धामको पैदलयात्रा शुरू हुने स्थान नजिकै साउन १८ गते राति पहिरो गएको थियो। पहिरोमा परि १६ जना नेपाली हराइरहेको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ। राजदूताबासले प्रेस विज्ञप्ति जारी गरी होटल व्यवसाय गरेर बसेका जुम्लाका एकै परिवारका सात जना, रोजगारीको सिलसिलामा केदारनाथ पुगेका जुम्लाकै चार जना र कोलिकोटका पाँच जना हराइरहेको जनाएको छ।

राजदूताबासका अनुसार पहिरोमा हराएकामध्ये साउन १९ गते मन्दाकिनी नदीको किनारमा तीन जनाको शव फेला परेको छ। जसमध्ये दुई जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन्।

दुई नेपाली नागरिकमध्ये कालिकोटका टेकबहादुर कामीको सनाखत भएको राजदूताबासले जनाएको छ। अर्काको अनुहारमा चोट लागेका कारण सनाखत हुन सकेको छैन।

पहिरोमा हराएका नेपालीको खोजीका लागि राजदूताबासले भारतको विदेश मन्त्रालय र रुद्रप्रयागस्थित जिल्लाधिकारी समक्ष अनुरोध गरेको जनाएको छ। नदीको सहत बढेको र प्रतिकूल  मौसमका कारण खोजीमा कठिनाइ भइरहेको भारतीय अधिकारीले जनाएका छन्।

केदारनाथ पहिरोमा नेपाली र भारतीय गरी चार जनाको मृत्यु भएको उत्तराखण्ड प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नेपाली र भारतीय गरी अझै १९ जना हराइरहेको प्रहरीको भनाइ छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖