कस्ता व्यक्तिले खानु हुदैन पिँडालु ?

पिँडालु गर्मी तथा बर्षायाममा पाइन्छ। पिँडालुमा पर्याप्त पोषक तत्व पाइन्छ। यसमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ। यसमा प्राकृतिक फाइबर रहन्छ, जसले शरीरमा ग्लूकोज र इन्सुलिनको मात्रा उचित स्तरमा बनाइराख्छ।यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जो छालाको लागि लाभदायक हुन्छ ।

खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ । पिँडालु सहजै पाइने, स्वादिलो र धेरै तरिकाले स्वाद लिन सकिने तरकारी हो । यसलाई उसिनेर खान सकिन्छ, तरकारी बनाउन सकिन्छ, अचारको रुपमा स्वाद फेर्न सकिन्छ ।

पिँडालु फलहारको रुपमा पनि खाइन्छ । यसलाई आलुमा मिश्रण गरौं वा दालमा, स्वाद दुइगुणा बढ्छ । पिँडालु मात्र होइन, त्यसको डाँठ र पाँतको ( कर्कलो वा गाभा) समेत विभिन्न परिकार बन्छ ।

पिँडालु सेवन गर्दा हुने स्वास्थ्य लाभ:
पिसावमा हुने जलन कम गर्छ । पिँडालुको पातको दश ग्राम रस तीन चार दिनसम्म सेवन गर्नुपर्छ, तुरुन्तै फाइदा मिल्छ। पिँडालुको पातलाई उमालेर त्यसलाई छान्ने । अतः उक्त रसमा थोरै घिउ मिलाएर केहि दिनसम्म सेवन गर्नुपर्छ, वायु सम्बन्धी रोग निको हुन्छ ।जसलाई मुटु सम्बन्धी रोग छ, उसले पिँडालुको सब्जी दिनमा पच्चिस ग्राम जति सेवन गर्नुपर्छ ।

उच्च रक्तचापको रोगमा समेत पिँडालुको सब्जी लाभदायक हुन्छ । यसमा मिनरल्स, पोटाशियम र म्याग्नेसियम हुन्छ, जसले रक्त संचार नियमित राख्छ । बच्चालाई दुध चुसाइरहेकी आमाले पिँडालुको सब्जी सेवन गर्नुपर्छ, दुध राम्ररी आउँछ ।सानोतिनो चोट पटकमा पिँडालुको पात पिसेर लगाउनुपर्छ, रगत बग्दैन ।

सावधानी:

काँचो अवस्थामा पिँडालु खानु हुँदैन, गलामा जलन हुनसक्छ। दमको रोगीले पिँडालुको सब्जी खानु हुँदैन। खासगरी यसमो पातको सब्जी सेवन गर्दा त्यसले कफ बढाउँछ। बाथ रोगीले पनि पिँडालु सेवन गर्नु ठीक हुन्छ।

घाँटीमा समस्या भएकाहरुले पिँडालु सेवन नगरेकै राम्रो।पिँडालुको पातको फाइदा: पिँडालुको पातमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जो आँखाको दृष्टिको लागि फाइदाजनक मानिन्छ ।

साथै मांशपेसीलाई बलियो पनि बनाउँछ । यसमा रहेको क्याल्सियमले हड्डी बलियो बनाउँछ। पिँडालुको पात सेवन गर्दा भोक नियन्त्रण हुन्छ । यसमा रहेको फाइबरले मोटाबोलिज्मलाई सक्रिय बनाउँछ, जसको कारण तौल नियन्त्रण गर्न सकिन्छ ।

रेसेपी,पिँडालुको पातको सब्जी:
सामग्री-पिँडालुको पात,बेसन,रातो खुर्सानी,धनियाँ, बेसारको धुलो,तेल,हिंग, जिरा, सरस्र्यु, हरियो खुर्सानी, रातो खुर्सानी,गरम मसला,हरियो धनिया,नुन

स्वाद अनुसार विधि:

बेसनको पेस्ट बनाउने । पेस्ट बनाउनुअघि त्यसमा नुन, रातो खुर्सानी, धनिया पाउडर मिसाउने । अब पिँडालुको पातलाई सिधा सतहमा राख्ने र त्यसमा बेसनको पेस्ट लगाउने । बेसन लगाएर त्यसलाई रोल गर्ने ।

मम पकाउने वा कुनै भाँडोमा पानी भरेर त्यसको माथि जाली वा सुती कपडा राख्ने । त्यसमाथि पिँडालुको पातको रोललाई केहि समय बाफमा पकाउने । पिँडालुको पातको रोल पाकिसकेपछि त्यसलाई सेलाउन दिने ।

अब यस रोललाई एक इन्च लामो टुक्रामा काट्ने ।कराईमा तेल तताउने । त्यसमा हिंग, जीरा, सरस्र्यु हालेर भुट्ने । त्यसमाथि धनिया, रातो खुर्सानी पाउडर, बेसार गरम मसला, नुन हालेर केहि समय भुट्ने ।

जब मसला रातो हुन्छ, त्यसमाथि रोल गरेको पिँडालुको पात मिसाउने । अन्त्यमा यसमा हरियो धनिया मिलाउनुपर्छ । केहि समय फ्राइ गरेपछि पिँडालुको पातको सब्जी तयार हुन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।