किन हुन्छ माइग्रेन ? कसरी जोगिने ?

काठमाडौं । हाल युवाहरुमा माइग्रेनको समस्या बढिरहेको छ । हतारको जिन्दगी, ढिला सुत्ने बानी, बिहान ढिला उठ्ने बानी, अव्यवस्थित खानाको समय एवं बढी तनाव लिएमा माइग्रेन युवाहरूमा बढी देखिन थालेको हो । सावधान हुन सकिएन भने यो जीवनमा खतरा बन्न सक्छ । यदि समयमा नै विज्ञ तथा चिकित्सकसँग सल्लाह लिन सकेमा यसलाई सामान्यरूपमा नै नियन्त्रण गर्न सकिन्छ । तर, यसबाट ठीक हुन केही समय लाग्न सक्छ ।

माइग्रेन रक्त वाहिकाहरूबाट रगत नर्भहरूमा फैलनु र यसबाट निस्कने केही केमिकलका कारण हुन्छ । माइग्रेनको चार वटा अवस्था हुन्छ ती प्रोडाम, आरा, हेडेक र पोस्ड्रोम हुन् । खास कुरा त के छ भने अहिले युवाहरू माइगे्रनबाट बढी प्रभावित भएको पाइन्छ । अहिले औषधिले माइग्रेन रोगबाट पूर्ण निको हुन सकिन्छ । यसको अलग अलग अवस्थाको आधारमा यसबाट पूर्ण निको हुन पनि अलग अलग समय नै लाग्ने दावी चिकित्सकहरूको रहेको छ ।

माइग्रेनका लक्षणहरू
–आधा टाउको दुख्ने र विस्तारै बढ्दै जाने ।
–टाउको दुख्नुको साथसाथै बान्ता आउने ।
–टाउको दुखाईको साथसाथै पखाला लाग्नु ।
–विस्तारै विस्तारै आँखा धमिलो हुँदै जानु ।
– टाउको दुख्नुभन्दा पहिले शरीर आलस्य हुनु, धेरै निद्रा लाग्नु ।

माइग्रेन बच्ने उपायहरू
–सुत्ने र उठ्ने समय निश्चित गर्ने प्रयास गर्ने । सकिन्छ भने राती छिटो सुत्ने र बिहान छिटो उठ्ने प्रयास गर्ने ।
–समयमा भोजन गर्नु । लामो समयसम्म ब्रत नराख्नु ।
– कफीयुक्त पदार्थ एवं चियाको सेवन एकदमै कम गर्ने ।
– धेरै उज्यालोबाट टाढा रहने ।
– यी उपायहरूका साथसाथै माइग्रेनलाई प्रेरित गर्ने खालका वस्तुहरूबाट बच्ने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।