धनकुटामा संस्था तथा स्रष्टालाई सम्मान तथा पुरस्कार
धनकुटा,२१ साउन । धनकुटा सदरमुकाममा रहेको गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले १२ औं स्थापना दिवशको अवसरमा संस्था तथा स्रष्टालाई सम्मान गरेको छ ।
भाषा, संस्कृति, कला, समाजसेवामा योगदान पु¥याउने संस्था तथा स्रस्टालाई नगद सहित सम्मान गरेको हो । पुस्तकालयले संस्कृत वाङ्गमय र पूर्वीय दर्शनको श्रीवृद्धिमा योगदान गरेको भन्दै भोजपुरको दिङ्गलामा रहेका षडानन्द माध्यमिक विद्यालयलाई गर्गश्री सम्मान २०८० द्धारा सम्मान गरेको छ ।
त्यस्तै मधुश्री विशिष्ठ साहित्य पुरस्कार बाट साहित्यकार काजी शेरचन, कृष्णकुमारी वेणीमाधव समाजसेवा पुरस्कार बाट मानबहादुर फागो, लाई नगद सहित सम्मान गरेको छ । गंगाराम भद्रशीला स्मृती पुरस्कार बाट नरेन्द्र परसर तथा लोक गायक कमलीकान्त भेटुवाल लाई भाष्कर लामिछाने लोक संस्कृत पुरस्कार बाट सम्मान गरेको थियो ।
कार्यक्रममा टिकाप्रसाद लामिछानेद्धारा अनुवादित श्रीमद्धभागवत नेपाली अनुवाद र कवि भोलानाथ घिमिरेद्धरा लिखित कविता संग्रह ‘सुपुत्रको खोजीको ’ लोकार्पण समेत गरिएको थियो ।







