आमा बनिन् ‘बर्फी’ अभिनेत्री इलियाना

एजेन्सी । बलिउड फिल्म ‘बर्फी’ की अभिनेत्री इलियाना डिक्रूज आमा बनेकी छन्। उनले १ अगस्टमा छोरालाई जन्म दिएकी हुन्। पाँच दिनपछि इन्स्टाग्राममा छोराको तस्बिर सार्वजनिक गर्दै उनले आफू आमा बनेको जानकारी दिएकी छन्।

उक्त तस्बिरमा लेखिएको छ, ‘कोआ फिनिक्स डोलनलाई चिन्नुहोस्। उनको जन्म अगस्ट १ मा भएको हो।’

‘प्यारो छोरालाई दुनियाँमा स्वागत गर्न पाउँदा कति खुशी छु भनेर व्यक्त कुनै शब्द छैन,’ उनले इन्स्टाग्राममा क्याप्सन लेखेकी छन्। इलियानाले तस्बिर सार्वजनिक गरेसँगै बधाई आइरहेको छ।

इलियानाको विवाह भएको छैन। उनी कट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग डेट गरिरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। केही समयअघि दुवै विक्की कौशल र कट्रीनासँग देखिएका थिए।
इलियाना पछिल्लो समय फिल्म ‘द बिग बुल’ मा देखिएकी थिइन्। अब उनी रणदीप हुड्डासँग फिल्म ‘अनफेयर एन्ड लभली’ मा देखिनेछिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।