‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिका विमोचन

काठमाडौँ, २१ साउन (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिकाको विमोचन गर्नुभएको छ । परियार समाजद्वारा यहाँ आज आयोजित ‘बिसे नगर्ची विशेषाङ्क स्मारिकाको विमोचन’ कार्यक्रममा मन्त्री किरातीले सो पुस्तक विमोचन गर्नुभएको हो ।

समाजले गोरखा नगरपालिकाको सहकार्यमा विसं २०७५ साउन १८ गते नगरपालिकाको ऐतिहासिकस्थल गोरखा दरबार समिपमा ‘बिसे नगर्ची’ को सालिक स्थापना भएको छैटौँ वर्ष प्रवेशको स्मृति दिवसका अवसरमा बिसे नगर्ची तथा परियार जातिसम्बन्धी खोजमूलक ‘बिसे नगर्ची विशेषाङ्क’ प्रकाशन गरिएको हो ।

पुस्तकमा परियार जातिको परिचय, परिचान र बिसे नगर्चीको योगदानको विरासतलाई बचाउन परियार जातिका विविध पक्षको जानकारी र बिसे नगर्चीको इतिहास खोजबिन गरी समावेश गरिएको छ । गोरखाका बिसे नगर्चीले राजा पृथ्वीनारायण शाहलाई एकीकरणको अभियानमा आर्थिक सल्लाह दिई अहिलेको विशाल नेपाल निर्माणमा महत्वपूर्ण योगदान गर्नुभएको पुस्तकमा उल्लेख छ ।

सोही अवसरमा पर्यटनमन्त्री किरातीले बिसे नगर्चीको योगदान ओझेलमा परेको उल्लेख गर्दै सरकारले बिसे नगर्चीको नामबाट राष्ट्रिय पुरस्कार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजको प्रागिक अध्ययन नभएका कारण पनि बिसे नगर्चीको योगदान ओझेलमा परेको छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।”

नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले नयाँपुस्ताले समाजको उत्थान र विकासका निम्ति केही गर्नसकेको खण्डमा वास्तवमा बिसे नगर्चीको सम्मान हुने बताउनुभयो ।

समाजका उपाध्यक्ष कृष्ण रणपालले कृतिले परियार जाती र बिसे नगर्चीको चिनारीलाई सबैका बीचमा पु¥याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । समाजले काठमाडौँस्थित चन्द्रागिरि नगरपालिकामा ‘बिसे नगर्ची’ को सालिक निर्माण गरेर योगदान गरेबापत जागरण मिडिया सेन्टरका सचिव दिनेश परियारलाई सम्मान गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।