प्रज्ञा प्रतिष्ठानको आयोजनामा लेखक र वुद्धिजीवीहरुद्धारा यलम्वरको चर्चा

चन्द्र मादेन आन्छन,काठमाण्डौं । स्थानीय जोरपाटीको अत्तरखेल ईष्ट वेष्ट फाष्टफुड क्याफे रेष्टुरेन्टमा किरात राई प्रज्ञाप्रतिष्ठान हङकङको आयोजनामा किराया हङकङको मुखपत्र “यलम्वर” अंक २१ अन्तर्गत अन्तरजातीय विवाह र चुल्हा प्रचलन सम्वन्धि विभिन्न लेखक,श्रष्टा र वुद्धिजीवीहरुको भेटघाट र छलफल प्रज्ञाप्रतिष्ठान हङकङका सचिव वसन्त विपीन राईको अध्यक्षतामा सम्पन्न भएको भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिहरु डा भक्त राई, डा तारामणी राई, अतिथिहरु अन्तराष्ट्रिय खेलकुद छनोट परिषदका प्रमुख एवं उपसचिव महेन्द्र राई, प्रज्ञाप्रतिष्ठान नेपालका प्राज्ञ चन्द्र रानाहँछा, संगीतकार,गायक एवं एरेन्जर थिरज राई,गीतकार संघका उपाध्यक्ष रमेश कोईराला, गीतकार संघकै निवर्तमान अध्यक्ष शुभ मुकारुङ, साहित्यकार चन्द्र मादेन आन्छन, चर्चित पत्रकार टिका चाम्लिङ लगायत विभिन्न लेखक, संस्कृतिकर्मी, रंगकर्मी, साहित्यकार, संगीतकार, गायक, कवि आदिहरुको वाक्लो उपस्थितिले “अन्तरजातीय विवाह र तीन चुलाको महत्व” सम्वन्धि गम्भिर गोलमेच छलफलमा आआफ्नो अवधारणा प्रस्तुत गरेका थिए । अधिकांश वक्ताहरुले यो कार्यक्रमको विषय उठाननै पृथक महत्वपूर्ण भएको, हङकङका नेपालीहरुले राष्ट्रको हरेक दुःख-सुखमा उल्लेख्य योगदान दिएको र प्रवासमा पनि २१ औं अंक सम्म निरन्तर यलम्वर प्रकाशित गर्नुहुने संस्था किरात राई यायोख्खाकी अध्यक्ष चन्द्रका/माया थुलुङ, प्रतिष्ठान हङकङका कुलपति शशीमदन राई लगायत आवद्व पदाधिकारी र शुभचिन्तकको उच्च प्रशंसा गर्दै सवैलाई धन्यवाद दिईएका थिए ।

उक्त कार्यक्रममा यलम्वर पत्रिकाको २१ औं विशेषाङ्कमा महत्वपूर्ण लेख पस्किनुहुनेहरु चर्चित स्रष्टा प्रगति राई, डाक्टर भक्त राई र पत्रकार लेखक सचित राईलाई समाजसेवी एवं उपस्थित मध्येका जेष्टनागरिक दिलेन्द्र मुकारुङ मार्फत शिरमा सेतो फेटा गुथेर (शिर उठानी) सम्मान गरिएको थियो । त्यस्तै किराया हङकङ समितिद्धारा सहयोग नगद रु २० हजारपठाईएको रकम किरात राई संस्कृति कलाकार संघका अध्यक्ष शालिक सताशक राई र महासचिव पदम थुलुङ द्वयलाई सभाध्यक्ष वसन्त विपीन राईले हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रमको संचालन सामाजिक अभियन्ता प्रमिला राईले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।