‘गदर २’ का लागि कुन कलाकारले कति लिए पारिश्रमिक?
एजेन्सी । बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ अगस्ट ११ अर्थात् साउन २६ गतेदेखि प्रदर्शन हुँदैछ।
यो सन् २००१ मा आएको फिल्म ‘गदर’ को सिक्वेल हो। अनिल शर्मा निर्देशित फिल्म ‘गदर’ बक्स अफिसमा सुपरहिट सावित भएको थियो। यसको सिक्वेलले पनि बक्स अफिसमा राम्रो कमाई गर्ने फिल्मकर्मीहरूको आशा छ। फिल्मलाई अनिल शर्माले नै निर्देशन गरेका हुन्।
निर्माताहरूले फिल्मको प्रमोशनमा कुनै त्रुटि राखेका छैन। यसैबीच फिल्मबाट कलाकारहरूले कति पारिश्रमिक लिए भन्ने खबर बाहिरिएको छ।
सनी देओल
अभिनेता सनी देओलले तारा सिंह बन्न महँगो पारिश्रमिक लिएका छन्। भारतीय सञ्चारमाध्यम जीन्युजका अनुसार उनले फिल्मको लागि २० करोड भारू पारिश्रमिक लिएका हुन्। यसअघि उनी एक फिल्मको पारिश्रमिक ६ करोड भारू लिन्थे।
अमीषा पटेल
अभिनेत्री अमीषा पटेल ५ वर्षपछि यस फिल्ममार्फत कमब्याक गर्दैछिन्। उनी पछिल्लो समय फिल्म ‘भैयाजी सुपरहिट’ मा देखिएकी थिइन्। उनले ‘गदर २’ मा सकिना बन्न ६० लाख भारू पारिश्रमिक लिएकी छन्।
उत्कर्ष शर्मा
अभिनेता उत्कर्ष शर्मा ‘गदर’ मा तारा र सकिनाको छोराको रूपमा देखिएका थिए। उक्त फिल्ममा उनी बालकलाकारको रूपमा देखिएका थिए भने यस फिल्ममा उनी अभिनेताको रूपमा देखिदैछन्। उनले फिल्म ‘गदर २’ को लागि ५० लाख पारिश्रमिक लिएका छन्। उत्कर्ष ‘गदर’ का निर्देशक अनिल शर्माका छोरा हुन्।
सिमरत कौर
अभिनेत्री सिमरत कौरले ‘गदर २’ को लागि ८० लाख भारू लिएकी छन्।
मनिष वाध्वा
‘गदर २’ मा पाकिस्तानी आर्मी जनरलका भूमिकामा देखिएका मनिष वाध्वाले ६० लाख पारिश्रमिक लिएका छन्।


