भिजाएर बदाम खानुहोस्, मिल्नेछ यस्तो फाइदा

एजेन्सी । बदाममा इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्याधिक हुने गर्दा भिटामिन वा मिनरल्ससंग जोडिएका कयौं शारीरिक समस्यालाई टाढै राख्न मद्दत पुर्याउँछ । बदाम खाँदा जति मिठो छ त्यति नै शरीरको लागी फाईदाजनक छ। आउनुहोस चर्चा गरौ बदाम खाने तरिका र यसका फाईदाको बारेमाः

बदाम खाने सहि तरिका र सतर्कता
हुन त तपाईले बदाम त्यत्तिकै खाँदा पनि हुन्छ तर त्यसको सहि तरिका भने भिजाएर खाँदा राम्रो हो । विशेषज्ञहरुका अनुसार बदामलाई भिजाएर खाँदा यसमा पाईने न्यूट्रिएंट्स शरीरमा पूर्ण तरिकाले लाग्ने छ ।त्यस्तै बदामलाई सख्खरसंग मिसाएर पनि खान सकिन्छ भने सलादमा पनि मिसाएर खान सकिन्छ ।

तर बदाम खाँदा ध्यान भने पुर्याउन जरुरी समेत छ ।बदामले शरीरलाई गर्मी समेत प्रदान गर्ने हुँदा एकैचोटी धेरै बदाम सेवन गर्दा शरीरमा आउने अत्याधिक उर्जाले गर्दा हानी पुर्याउन सक्छ । एकैचोटी पेट भर्ने गरी बदाम सेवन भने नगर्नुहुन विशेषज्ञहरु सुझाव दिन्छन ।

बदाम खानुका फाइदै फाइदा
१. बदामले शरीरमा गर्मी दिने हुँदा जसले गर्दा ब्लड सर्कुलर समेत राम्रो संग हुन पाउँछ । त्यस्तै बदामको सेवनले गर्दा जाडो महिनामा हुने भाईरल इन्फेक्सन वा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउँछ।

२. बदाममा क्यालोरीको मात्र कम हुन्छ । साथै यसको सेवनले गर्दा मेटाबोलिजम र ब्लड सर्कुलेशन बढाउँछ जसले गर्दा तौल घटाउन धेरै मद्दत पुर्याउँछ ।

३. बदाम खाँदा पेट भरिएको जस्तो हुने गर्छ जसले गर्दा धेरै खाना खाने बाट तपाईलाई बचाउछ । यदि तपाईलाई घरिघरि भोक लागिरहन्छ भने बदामलाई मिसाएर खाने कुरा खाने गर्नुहोस, थोरै खाँदा नै तपाईको पेट भरिन्छ जसले गर्दा भोक मेटाउन धेरै खाईरहनु पर्दैन । तौललाई सन्तुलित राख्न यसले मद्दत पुर्याउँछ ।

४. बदाममा मोनो९सैचुरेटेड फ्याटी एसिड पाइन्छ जसले गर्दा कोलेष्ट्रोल लेभललाई कन्ट्रोल गर्न मद्दत पुर्याउछ । यसको सेवाले गर्दा मुटुको बिरामीलाई पनि बच्न मद्दत पुर्याउँछ ।

५. एंटी-ऑक्सीडेंट र ट्रिप्टोफेन गुणले भर्पुर बदाम सेवनले गर्दा तनाव बाट पनि मुक्ति दिलाउन मद्दत पुर्याउछ । डिप्रेसन हुनबाट पनि बदामको सेवनले बचाउछ।

६. बदामको नियमित सेवन गर्दा मधुमेहको सम्भावना २१ प्रतिशतले घट्न मद्दत पुर्याउछ। बदाममा पाईने मैगनिज नामको तत्वले ब्लड शुगरलाई कन्ट्रोलमा राख्छ जसले गर्दा मधुमेहको खतरा केहि हद सम्म कम हुन पुग्छ।

७. सुत्केरी अवस्थामा बदाममा पाईने फोलिक एसिडले गर्दा शिशुमा हुने न्युरल ट्युब डिफ़ेक्टको खतरा कम हुन मद्दत पुर्याउछ।

८. बदाममा पाईने मोनो-सैचुरेटेड एसिड र एंटी-ऑक्सीडेंट गुणले स्किनलाई नरम बनाउन मद्दत पुर्याउछ । स्किनमा ब्लड सर्कुलेशन बढाउन मद्दत पुर्याउने हुँदा अनुहारमा चमक ल्याउछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।