ललिता निवास जग्गा र एक सय किलो सुन तस्करी प्रकरणको छानबिनलाई निश्कर्षमा पु-याउनेबारे बालुवाटारमा छलफल

काठमाडौं, साउन २३ । ललिता निवास जग्गा प्रकरण र एक सय किलो सुन तस्करी प्रकरणको छानबिनलाई निश्कर्षमा पु¥याउन बालुवाटारमा बठैक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरिक्षक बसन्त कुँवर, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य लगायत सहभागी रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको छ ।

गत आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेपछि अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान गरिरहेको सिआइबीले आरोपी १७ जनालाई पनि आफ्नै हिरासतमा राखेको छ ।

अहिले सिआइबीले उक्त प्रकरणबारे मिसिलहरु अध्ययन गर्ने, उच्च अदालतमा पुगेको मुद्दाको जिल्ला अदालतबाट म्याद मिलान गर्ने तथा थप अनुसन्धानको काम थालेको छ ।

गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएपछि उनको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्‍याएर राजश्व अनुसन्धान विभागले थप अनुसन्धानको जिम्मा सिआइबीलाई हस्तान्तरण गरेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सुन तस्किरी प्रकरणबारे प्रश्न उठाउँदै बारम्बार संसद अवरोध गरेपछि उक्त प्रकरणलाई कसरी निश्कर्षमा पु¥याउने भन्नेबारे आजको बैठकमा छलफल भईरहेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।