ललिता निवास प्रकरणमा ‘नयाँ ट्विस्ट’ !

काठमाडौं । ललिता निवास जग्गा प्रकरणले अन्तिम समयमा ट्विस्ट लिने संकेत देखिएको छ । ललिता निवासको १४४ रोपनी जग्गा हिनामिना प्रकरण हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

१२ असारदेखि आरोपितलाई पक्राउ गरेर अनुसन्धान थालेको सीआईबीले १७ दिन बाँकी हुँदा चारजना पूर्वभौतिक पूर्वाधारमन्त्री विजय कुमार गच्छदार, चन्द्रदेव जोशी, सञ्जय साह र डम्बर श्रेष्ठलाई पक्राउ गर्न पुर्जी लिएको छ ।

आइतबार पुर्जी लिएको सीआईबीले हालसम्म उनीहरूलाई पक्राउ गर्न भने सकेको छैन । उसो त आइतबार सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरण हिनामिनाका निर्यणकर्तामाथिसमेत अनुसन्धान गर्ने बाटो खोलिदिएको छ ।

सो आदेशपछि ललिता निवासको जग्गा प्रकरणबारे मन्त्रिपरिषद्ले गरेको निर्यणमाथिसमेत सीआईबीले अनुसन्धान गर्ने देखिएको छ । हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालको नाम जोडिएको छ ।

दुवैजनाले प्रहरीको अनुसन्धानमा सघाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् । हाल नेपाल भने युरोप भ्रमणमा छन् । उनी १५ दिने भ्रमणमा गएका हुन् ।

सीआईबी स्रोतका अनुसार प्रकाउ पुर्जी जारी भएका मन्त्रीहरू नियन्त्रणमा लिने तयारी गरिएको छ । “हामी पक्राउ पुर्जी जारी भएका मन्त्रीहरूलाई सकेसम्म आफैँ आउनू भनेर बोलाउछौँ । उहाँहरूले सहयो गर्ने बताउनुभएको छ । यदि आउनुभएन भने पक्राउ गर्छौं,” सीआईबी स्रोतले भन्यो ।

पूर्वप्रधानमन्त्रीको हकमासमेत के गर्ने भन्ने विषयमा सीआईबी आन्तरिक परामर्शमा जुटेको छ । स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरूमाथि समेत बयान लिने वा कागज गराउने भन्ने विषयमा सरकारी वलिक कार्यालयदेखि कानुन व्यवसायीसँग प्रहरी परामर्शमा जुटेको छ ।

सोमबार मात्रै प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुवँरले महान्यायधिवक्ता दिनमणि पोखरेलसँग भेटेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।