महावीर पुनले बिक्रीमा राखेका पदक सरकारलाई फिर्ता दिने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले बिक्रीमा राखेका पदकहरु सरकारलाई फिर्ता दिने भएका छन् ।

उनले केही दिनअघि आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखानाका लागि खर्च जुटाउन नेपाल सरकारबाट प्राप्त दुई मेडलसहित अन्तर्राष्ट्रिय मेडलहरुको लिलाम बिक्रीका लागि राखेका थिए । त्यसमा गृह मन्त्रालयले पुनलाई बोलाएर मेडल बेच्न नपाइनेबारे सजग गराएको पुनले सामािजक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् ।

‘रुटिन अफ नेपाल बन्दसहित केही मिडियामा मेडल बिक्रीका विषय आएका थिए । गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ’, उनले फेसबुकमा लेखेका छन्, ‘त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।’

तर उनले अन्य अन्तर्राष्ट्रिय मेडलहरू बेच्न भने कुनै राेकटाेक नभएकाे भन्दै बिक्री गरिने बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।