कब्जियत के हो ? के कारणले हुन्छ ? कसरि समाधान गर्ने ? यस्ता छन् उपायहरु

एजेन्सी । कब्जियत भनेको जो कोहीलाई पनि हुन सक्छ । झन् अहिले कोरोना महामारीको समयमा सबै जना घरमै बस्ने हुँदा विभिन्न परिकार बनाउने, चिल्लो, पिरो, मसालादार खानाहरुको सेवन गर्ने जस्ता बानीले पनि कब्जियतको समस्या निम्तिन सक्छ ।

त्यसो त कब्जियत आफैमा कुनै रोग होइन । यो विभिन्न रोगका लक्षण हुन सक्छ । पाचन प्रणालीमा आउने समस्या नै कब्जियत हो । कब्जियतकै कारणले विभिन्न रोग निम्त्याउने पनि सक्छ । तर, खानपान र जीवनशैलीमा ध्यान दिने हो भने कब्जियतको समस्याबाट टाढै रहन सकिन्छ ।

कब्जियत हुने कारण:

शरीरमा पानीको मात्रा कम हुँदा कब्जियत हुन्छ । स्वस्थ व्यक्तिको दिसामा लगभग ७५ प्रतिशत पानी हुन्छ । एकपटकमा लगभग दुईसय मिलिलिटर पानी दिसासँगै जान्छ । तर शरीरमा पानी नै कम भए कब्जियत हुन्छ । आन्द्रमा अत्याधिक पानी सोसिँदा पनि कब्जियत हुन्छ ।

यस्तै आन्द्राको चल्ने गति नै कम हुँदा पनि कब्जियतको समस्या हुन्छ । खाना खाने समय बेमेल हुँदा पनि कब्जियत हुनसक्छ । हरेक दिन एकै समयमा मिलाएर खानु राम्रो हुन्छ । नियमित व्यायाम नगर्ने व्यक्तिमा पनि कब्जियतको समस्या हुन्छ ।

मानसिक रुपमा तनाव र चिन्ता लिने व्यक्ति पनि कब्जियतको सिकार बनेको पाइन्छ । तनावले पाचक्रियामा असर पुर्याएर गराउँछ । कतिपय व्यक्तिले दिसा लाग्दा पनि ट्वाइलेट नजाने तथा दिसा गर्ने नियमति बानी नबसेका हुन्छन् ।

दिसा निष्काशन हुने इच्छालाइ दबाउँदा पनि कब्जियत हुन्छ । आन्द्रा तथा मलद्वारमा समस्या भए पनि कब्जियत हुनसक्छ । यस्ते नसासम्बन्धि विभिन्न समस्या जस्तै पक्षघात प्यारालाइसिस, मष्तिष्कघात भएका तथा धेरै औषधि सेवन गर्नेलाइ पनि कब्जियत हुन्छ ।

समाधान:

खानपान र जीवनशैली व्यवस्थित बनाए कब्जियतको समस्या आउनै सक्दैन भने समस्याको समाधान गर्न पनि सकिन्छ । नियमति व्यायाम गर्नु पहिलो जिम्मेवारी हुनेछ । व्यायामले आन्द्राको गतिविधि बढाउने र मांसपेशी क्रियाशिल राख्ने काम गर्छ।

विभिन्न खालका योग पनि कब्जियतका रोगीलाइ उपयोगी हुन्छन् । बिहान खाली पेटमा घिउकुमारीको पातको गुदी २० ग्राम सेवन गर्नाले पनि कब्जियतमा फाइदा गर्छ । प्रत्येक दिन फाइबरयुक्त खाना २०–३५ ग्राम सेवन गरेमा दिसालाइ नरम बाउन मद्धत गर्छ ।

चोक्कर, आटा, ब्राउन राइस, जौ, गेडागुडी अन्न, छोकडा, किसमिस, ओखर, बदामजस्ता फल सबै किसिमका फलफूल तथा हरियो तरकारी र सागपातमा फाइबरको मात्रा बढी हुन्छ ।

कब्जियतको समस्या भोग्नेहरुले पानी प्रशस्त पिउनुपर्छ । बिहान उठ्नेवित्तकै पानी पिउनाले ग्यास्ट्रोकोलिक रिफ लेक्स उत्तेजित गर्छ । दिनमा ६–८ गिलास पानी पिउनु पर्छ । मध्यपान र ध्रमपानबाट टाढा रहनुपर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।