सावधान ! किबोर्डको आवाजबाट पनि एआईले चोर्नसक्छ तपाईंको पासवर्ड

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले भलै आफ्नो क्षमताका कारण सबैलाई आकर्षित गर्न सफल भएको छ, तर यो वैज्ञानिकहरुका लागि एक गम्भीर चिन्ताको विषय बन्दै गएको छ ।

एक नयाँ अनुसन्धानले आर्टिफिसियल इन्टेलिजेन्सले कम्प्युटरको किबोर्डको आवाजबाटै प्रयोगकर्ताको पासवर्ड चोरी गर्न सक्ने तथ्यको खुलासा गरेको छ ।

शोधकर्ताहरुका अुनसार एआई टूलले तपाईंको टाइपिङवाला किबोर्डको आवाजबाट पासवर्ड वा प्याटर्न पत्ता लगाउन सक्दछ ।

यसका लागि शोधकर्ताहरुले लर्निङ मोडल पनि तयार गरेका छन् । सो मोडलबाट उनीहरुले उक्त कार्यमा ९५ प्रतिशत सफलता हात पार्न सफल भए ।

ब्लिपिंग कम्प्युटरले सार्वजनिक गरेको रिपोर्ट अनुसार ब्रिटिस विश्वविद्यालयका शोधकर्ताहरुले ल्यापटप वा पर्सनल कम्प्युटरको माइक्रोफोनबाट कि स्ट्रोक्स अर्थात् किबोर्ड थिचेको आवाज बुझ्नका लागि लागि ध्वनी पहिचान गर्नसक्ने एआई मोडेल तयार पारे ।

अनुसन्धानका क्रममा जूम तथा स्काइपी जस्ता एपमा एल्गोरिदमको प्रयोग गरियो जहाँ सफलताको दर क्रमशः ९३ प्रतिशत र ९१.७ प्रतिशत सम्म रह्यो ।

उक्त लर्निङ मोडेलको प्रयोगलाई ह्याकरहरुले आम प्रयोगकर्ताको कम्प्युटर प्रणाली ह्याक गरेर डाटा चोरी गर्न सक्दछन् ।

उनीहरुले CoAtNet नामक एक तस्वीर वर्गीकरणकर्ता प्रविधिलाई तालिम दिनका लागि साउण्ड डाटाको प्रयोग गरे जसले रेकर्ड गरेको आवाजको आधारमा थिचिएका किबोर्डका की पत्ता लगाउन सक्दछ ।

शोधकर्ताहरुले यो एआई मोडेल कुनै पनि साइट वा कुनै ल्यापटपमा इन्स्टल गरेर ह्याकरले किबोर्डको आवाजको आधारमा पासवर्डलगायतका डाटा चोरी गर्नसक्ने खतरा रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।