भारत–पाकिस्तानसहित विश्वकपका ९ खेलको तालिका परिवर्तन

काठमाडौँ । आगामी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिकामा परिमार्जन गरिएको छ । भारत र पाकिस्तानबीचको खेलसहित नौ वटा खेलको तालिकामा परिवर्तन गरिएको समाचारमा जनाइएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि नौ वटा खेलको मिति परिवर्तन गर्ने निर्णयलाई अनुमोदन गरेको छ । मिति परिवर्तन गरिए पनि खेल स्थल भने यथावत् राखिएको आईसीसीले जनाएको छ ।

एकदिवसीय विश्वकप क्रिकेट आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखम्म भारतमा आयोजना हुँदै छ । भारत र पाकिस्तानको बीच अहमेदवादमा हुनेछ । उक्त खेल अक्टोबर १५ तारिखमा खेलाइने गरी तालिकामा सार्वजनिक गरिएको थियो । तर, परिमार्जित मिति अनुसार, भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ तारिखमा खेलाइने छ ।

पाकिस्तान क्रिकेट बोर्डको लिखित आग्रहमा उक्त खेलको मिति परिवर्तन गरिएको बताइएको छ । यसका अतिरिक्त सुरक्षालाई आधार बनाएर पनि उक्त खेल एक दिन अगाडि सारिएको हो । भारत र पाकिस्तानबीचको खेल हुने भनिएको दिन (अक्टोबर १५) हिन्दुहरूको ठूलो पर्व नवरात्रीको पहिलो दिन परेको थियो । उक्त दिन अहमादाबादमा भव्य उत्सव हुने भएकाले सुरक्षा व्यवस्थालाई ध्यानमा राखी खेल एक दिन अगाडि सारिएको बताइएको छ ।

सबैभन्दा बढी पाकिस्तान, बङ्गलादेश र इङ्गल्यान्डका खेलहरूको मिति परिमार्जन गरिएको छ । पाकिस्तानको तीनवटा खेलको मिति परिवर्तन गरिएको छ । बङ्गलादेश र इङ्ल्यान्डको दुई—दुई खेलको मिति परिवर्तन गरिएको आईसीसीले जनाएको छ ।

अहमादाबादमा हुने भनिएको पाकिस्तान र श्रीलंकाबीचको खेल अब्टोबर १२ बाट अक्टोबर १० तारिखमा सारिएको छ । उक्त खेल दिवा—रात्री हुनेछ । लखनउमा हुने भनिएको अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पनि अक्टोबर १३ बाट अक्टोबर १२ तारिखमा सारिएको छ ।

यसैगरी दिल्लीमा अक्टोबर १४ तारिखमा हुने भनिएको इङ्ल्यान्ड र अफगानिस्तानबीचको खेल अक्टोबर १५ तारिखमा सारिएको छ । चेन्नईमा अक्टोबर १४ तारिखमा हुने भनिएको न्युजिल्यान्ड र बंगलादेशबीचको खेल पनि अक्टोबर १३ तारिखमा सारिएको छ ।

यसैगरी नोभम्बर १२ तारिखमा पुणेमा हुने भनिएको अस्ट्रेलिया र बंगलादेशबीचको खेल नोभेम्बर ११ तारिखमा सारिएको छ । कोलकातामा हुने भनिएको इङ्ल्यान्ड र पाकिस्तानबीचको खेल पनि एक दिन अगाडि सारेर नोभेम्बर ११ तारिखमा ल्याइएको छ । नोभेम्बर १२ तारिखमा कोलकातामा हिन्दुहरूको काली पूजा महोत्वस हुने भएकाले खेल एक दिन अगाडि सारेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।