कति वर्षसम्म बच्चालाई दिनु हुँदैन चिया ? १८ महिने शिशुको मृत्युले बढायो चिन्ता

एजेन्सी । नेपालमा चिया पेय पदार्थ मात्रै होइन, संस्कृति नै हो । परिवारका लगभग सबै सदस्य चिया पिउँछन् । हाम्रो यस्तोे बानी बच्चाले पनि सिको गर्छन् । सबै परिवार सँगै बसेर चियाको चुस्की लिँदा बच्चा पनि उत्सुक हुन्छन् । कहिलेकाहीँ उनीहरूलाई पनि कपमा हालेर चिया दिन्छौँ । तर यसो गरेर हामीले सही गरिरहेका छौँ त ? के चियाको चुस्कीले साना बच्चाको ज्यान जोखिममा पर्न सक्छ ?

गत सोमबार भारतको मध्य प्रदेशको एक डेढ वर्षका बालकको मृत्युलाई चियासँग जोडेर हेरिएको छ । त्यसपछि यो प्रश्न धेरैले सोधिरहेका छन् ।

चिया पिएपछि सास फेर्न समस्या

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार भारतको मध्य प्रदेशस्थित देवासमा एक बालकले चिया पिएपछि सास फेर्न समस्या भएको थियो । राज नाम दिइएका ती बालक सिमरोलस्थित मामाघरमा थिए । उनका हजुरबुवाले उनलाई चिया पिउन दिएका थिए । सिमरोल प्रहरी स्टेसनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले ती बालकले चिया पिएपछि सास फेर्न छोडेको जानकारी दिएको छ ।

सास फेर्न नै बन्द गरे । उनलाई तत्काल इन्दोरस्थित चाचा नेहरु अस्पताल पुर्‍याइयो तर उनको बाटोमा नै निधन भयो । तर के ती बालकको मृत्यु चियाका कारण भयो ?

अस्पतालका सुपरिटेन्डेन्ट डा. प्रीति माल्पानीले बच्चाको मृत्यु अस्पताल ल्याउनु अघि नै भइसकेकोले कारणबारे आफूले प्रतिक्रिया दिन नसक्ने बताएकी छिन् ।

टाइम्स अफ इन्डियाले सिके बिरला अस्पताल गुरु ग्राममा न्युट्रिशन एन्ड डायटेक्टिसकी प्रमुख प्राची जैनसँग यसबारे कुरा गरेको छ । उनका अनुसार चियाको पत्तीमा प्राकृतिक रूपमा पाइने तत्त्व अन्य थुप्रै बोटबिरुवामा पनि पाइन्छ । प्राची भन्छिन्, ‘चिया पत्तीमा क्याफिन हुन्छ जसले दिमाग र स्नायु प्रणालीमा हलचल पैदा गर्छ । त्यसैले बच्चालाई चिया दिनु हुँदैन । बच्चा कम्तीमा १२ वर्षको हुञ्जेलसम्म चिया दिनु हुँदैन । ’

उनका अनुसार चियाका राम्रा–नराम्रा दुवै पक्ष छन् तर पनि १२ वर्षभन्दा कम उमेरका बच्चालाई चिया दिनु हुँदैन । बच्चालाई चिया दिन नहुने कारण यस प्रकारका छन्–

बच्चालाई चिया दिन नहुने कारण

१. क्याफिनको प्रत्यक्ष खुराक दिमाग र स्नायु प्रणालीलाई अति सक्रिय पारिदिन्छ जसले बच्चाको निद्राको ढाँचामा गडबडी आउन सक्छ । त्यसैले बिहान उठ्दा बच्चाले धेरै थाकेको महसुस गर्छन् ।

२. सधैँ क्याफिनको सेवन गर्दा यसको बानी पर्छ । यो छुटाउन निकै मुस्किल हुन्छ ।

३. क्याफिन डाययुरेटिक हुन्छ अर्थात् यसले गर्दा धेरै पिसाब लाग्छ । बारम्बार पिसाब लाग्दा बच्चामा डिहाइड्रेसन हुनसक्छ ।

बच्चालाई दूधसँग के दिने ?

बच्चालाई दूध पिलाउनुको सङ्घर्ष छुट्टै छ । डा. प्राचीन जैनका अनुसार दूधमा तुलसी, अलैँची, दालचिनी, अदुवा, पाउडर नट्स आदि मिसाएर दिन सकिन्छ । बच्चा अलि ठुला छन् भने दूधमा खजुर र किसमिस पनि मिसाएर दिन सकिन्छ । यद्यपि, बच्चाको मृत्यु चियाका कारण भएको हो कि होइन भनेर पुष्टि भने हुन सकेको छैन तर बच्चालाई १२ वर्षभन्दा अघि चिया नदिएकै राम्रो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖