यि हुन् निःशुल्क किताब डाउनलोड गर्न मिल्ने १० अनलाइन प्लेटफर्म

काठमाडौं । डिजिटल प्रविधिको विकासले किताब पढ्ने शैली बदलिएको छ । अहिले इलेक्ट्रोनिक्स बुक (ईबुक) र अडियोबुकहरूको बजार उक्लिँदो छ । अनलाइन पुस्तक बिक्रेता अमेजनले वार्षिक रूपमा लाखौं ईबुकहरू बेच्ने गर्छ । जहाँ नि:शुल्क पाइनुका साथै छापिएका किताबको दाँजोमा मूल्य पनि कम पर्छ ।

अहिले विभिन्न प्रकारका किताबहरू राखेर थुप्रै डिजिटल लाइब्रेरी बनाइएको छ । आफूलाई आवश्यक पर्ने जानकारी प्राप्त गर्न त्यहाँ जहिल्यै र जुनसुकै समयमा जान सकिन्छ ।

आज हामी तपाईंलाई यस्ता १० प्लेटफर्मबारे जानकारी दिँदै छौं, जहाँ नि:शुल्क किताब डाउनलोड गर्न सकिन्छ ।

ओपन लाइब्रेरी

तपाईंले यसबाट नि:शुल्क किताब पढ्न र सापटी लिन सक्नुहुन्छ । यसका लागि यसमा अकाउन्ट खोले मात्र पुग्छ । आफ्नो सङ्कलनका लागि तपाईंले यसमा छुट्टै सेक्सन समेत बनाउन सक्नुहुन्छ ।

यसमा कला, साइन्स फिक्सन (साईफाई), औषधि विज्ञान लगायत विभिन्न क्षेत्रको किताब पढ्न पाइन्छ । त्यस्तै विषय, लेखक लगायत अन्य कुराका आधारमा तपाईंले तीनलाई फिल्टर समेत गर्न सक्नुहुन्छ । कुनै एउटा किताब खोजिरहनु भएको छ भने यसमा भएको सर्च बारमा गएर सर्च गर्न सक्नुहुन्छ ।

प्रोजेक्ट गुटेनबर्ग

यसमा ६० हजार भन्दा बढी किताब छन् । तीमध्ये जुनैलाई तपाईंले डाउनलोड गरेर वा अनलाइनबाट पढ्न सक्नुहुन्छ । तपाईंको कम्प्युटरमा पीडीएफ वा ईबुक रिडर नभए पनि यसमा किताब पढ्न सक्नुहुन्छ ।

यसमा ‘बुकशेल्फ’ भन्ने सेक्सन छ, जसमा कुनै पनि विषयको सम्बन्धीत किताबहरू मात्र पाइन्छन् । जस्तो: स्पेनिस अमेरिकी युद्धको बारे जान्न चाहानु भए तपाईं सीधै बुकशेल्फमा जान सक्नुहुन्छ । यसमा शीर्षक, लेखक, भाषा, प्रकार आदिका आधारमा समेत किताब सर्च गर्न सकिन्छ ।

इन्टरनेट अर्काइभ

यसमा ३ करोड ६० लाखभन्दा बढी किताब सङ्कलन गरिएको छ । त्यस्तै यसको क्याटलगमा ७७८ अर्ब भन्दा बढी वेब पेज र लाखौं भिडियो, कन्सर्ट, अडियो फाइल र सफ्टवेयर प्रोग्रामहरू राखिएको छ । खासमा यो डिजिटल सामग्री सङ्कलन गर्ने प्लेटफर्म हो । यसमा तपाईंले समेत कुनै पनि किताब राख्न सक्नुहुन्छ ।

यसमा ईबुकहरूलाई समेत वर्गीकरण गरिएर राखिएको छ । तपाईंले लेखक, शीर्षक, प्रकाशन भएको वर्ष आदिका आधारमा किताब सर्च गर्न सक्नुहुन्छ । त्यस्तै कुनै पनि किताबलाई तपाईंले रेटिङ समेत गर्न सक्नुहुन्छ ।

विले अनलाइन लाइब्रेरी (Wiley Online Library)

कुनै पनि अनुसन्धानात्मक लेख, विज्ञानका लेख लेख्दा विश्वासनीय स्रोत पाउन कठिन हुन्छ । यो कुराको सहायता भने यस लाइब्रेरीले गर्न सक्छ । यो डिजिटल लाइब्रेरीमा २० हजार बढी अनलाइन किताब, १६०० बढी जर्नल र सयौं सन्दर्भ सामग्री छन् । तीमध्ये धेरै विज्ञानसँग सम्बन्धित छन् ।

यस बाहेक व्यापार, सूचना प्रविधि लगायत अन्य विषयहरूका पनि किताब पाइन्छन् । यसमा उपलब्ध सबै किताब नि:शुल्क भने छैनन् । तर कुनै किताबको निश्चित पाठ वा एकाईमा भने पहुँच पाउन सकिन्छ ।

वर्ड डिजिटल लाइब्रेरी (World Digital Library)

यसमा निकै दुर्लभ पुस्तक, पाण्डुलिपि र ईसा पूर्व ८००० अगाडिसम्मका सामग्रीहरू राखिएको छ । १९० भन्दा बढी देशहरूबाट १९ हजार बढी प्रकाशित किताबरू यसमा पाइन्छन् ।

सबैलाई किताब तथा स्रोतमा पहुँच दिलाउन यूएस लाइब्रेरी अफ कङ्ग्रेस र युनेस्कोले यो लाइब्रेरी विकास गरेको हो । यसमा किताब बाहेक विभिन्न तस्बिर, र नक्साहरू समेत राखिएको छ । यसकारण यो एक भर्चुअल संग्रहालयको रूपमा रहेको छ ।

फ्रि ईबुक (Free Ebooks)

यसमा आख्यान, गैर-आख्यान, शैक्षिक लगायत विभिन्न प्रकारको पुस्तक उपलब्ध छ । जसलाई विभिन्न आधारमा वर्गीकृत गरिएको छ । त्यसले कुनै पनि किताब फेला पार्न सहयोग गर्छ ।

तर यसमा प्रति महिना पाँच ओटा किताब मात्र डाउनलोड गर्न सकिन्छ । त्यसपछि भने किताब डाउनलोड गर्न शुल्क तिर्नुपर्छ ।

बुकबब (Bookbub)

यसमा पनि विभिन्न प्रकारका किताब उपलब्ध छन् । तर यसको इन्टरफेस भने परिवर्तनशील छ । यसकारण यसमा प्रत्येक पटक जाँदा फरक फरक किताब फेला पार्न सकिन्छ ।

यसलाई सबै प्रकारका डिभाइसमा प्रयोग गर्न सकिन्छ । त्यस्तै लेखक, शीर्षक, विधा लगायत आदिका आधारमा फिल्टर गर्न समेत सकिन्छ । साथै तपाईंले यसमा जति पनि किताब डाउनलोड गर्न सक्नुहुन्छ ।

बेन फ्रि लाइब्रेरी (Baen Free Library)

यो डिजिटल लाइब्रेरी भए पनि साईफाई अथवा स्वैरकल्पनासँग सम्बन्धी किताबरू बढी पाइन्छन् । यसकारण अन्य प्रकारका किताब खोजिरहनु भएको छ भने यो उत्कृष्ट विकल्प नहुन सक्छ ।

यसमा ती किताब डाउनलोड गर्न वा त्यही पढ्न सक्नुहुन्छ । त्यस्तै पीडीएफ बाहेक अन्य विभिन्न फर्म्याटमा समेत यो किताब डाउनलोड गर्न सकिन्छ । झट्ट हेर्दा पुरानो डिजाइनको देखिए पनि विज्ञानप्रति रुचि भएकालाई यो वेबसाइट उपयोगी हुन सक्छ ।

मेनी बुक्स (ManyBooks)

यसमा विभिन्न विधा र भाषाका ५० हजार बढी पुस्तक छन् । तीनलाई यसमा वर्गीकरण गरेर राखिएकाे छ । तर यसमा कुन नि:शुल्क हो, कुन नि:शुल्क हो भन्ने कुरा भने खुलाइएको छैन । यसकारण यसमा उपलब्ध नि:शुल्क किताब फेला पार्न भने प्रत्येक किताब क्लिक गर्नै पर्ने हुन्छ ।

तर किताब सशुल्क भए पनि त्यसमा भएका विषयवस्तुको विवरण भने राखिएको छ । यसमा नयाँ तथा पुराना किताबहरू फेला पार्न सकिन्छ ।

स्मश वर्डस् (Smashwords)

यसमा बढी जसो इन्डी लेखक (स्वतन्त्र रूपमा आफ्नो किताब आफैं प्रकाशन गर्ने) का किताबहरू पाइन्छन् । ती किताबलाई तपाईंले त्यही पढ्न वा डाउनलोड गर्न सक्नुहुन्छ ।

यसका साथै फरक फरक फर्म्याटमा पनि ती किताब डाउनलोड गर्न सकिन्छ । यसमा करिब ९८ हजार बढी किताब रहेका छन् । तीनलाई तपाईंले पृष्ठ, लेखक, शीर्षक आदिका आधारमा चयन गर्न सक्नुहुन्छ ।-टेकपाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।