धनकुटाको हिलेमा सवारी दुर्घटना,एक घाइते
धनकुटा । धनकुटा १ हिलेमा सवारी दुर्घटना भएको छ ।
ईटहरीबाट भोजपुर जाँदै गरेको प्रदेश १-०१- ००१ ज ३६५५ बोलेरोले ठक्कर दिदा एक जना घाईते भएका छन् । घाईते हुनेमा धनकुटा १ हिलेकी २६ बर्षीय उषा राउत कार्की रहेकी छिन । उनको खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाईते कार्कीको अहिले स्थानिय मेडिकलमा उपचार भईरहेको र थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भईरहेको प्रहरीको भनाई छ । उनलाई बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हो ।
सोही क्रममा को २८ प ३७३१ नं को रोकिराखेको पल्सर बाईकलाई पनि गाडीवे ठक्कर दिएको छ । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा छ ।


