उच्च रक्तचाप कम गर्ने घरेलु उपाय

एजेन्सी । उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ । विना कुनै लक्षण पनि यसले शरीरमा गम्भीर रोगहरू निम्त्याउन सक्छ । रक्तचाप उच्च भए शरीरमा रक्तसञ्चार सामान्यबाट उच्च हुने गर्छ । रक्तचाप उच्च भएमा हृदयाघात, स्ट्रोक, मिर्गौला फेललगायतका समस्या निम्तनसक्छन् । शरीरमा जब रगतको दवाव १२०/८० एमएम एचजी भन्दा उच्च हुन्छ तब व्यक्तिलाई उच्च रक्तचापको समस्या भएको मानिन्छ ।

मोटोपन, तनाव, आनुवंशिक कारण, ज्यादा नुनको सेवन, व्यायाम वा शारीरिक श्रम नगर्नु, गर्भनिरोधक चक्कीको अधिक सेवन, पेनकिलरको अधिक सेवन, खानामा पोटासियमको कमी आदिका कारण पनि उच्च रक्तचापको समस्या निम्तन्छ । उच्च रक्तचाप भएमा टाउको दुख्ने, चक्कर लाग्ने, थकान महसुस हुने, नाकबाट रगत बग्ने, अनिद्रा, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, सास लिनमा कठिनाइ हुने, अचानक डर लाग्ने, आँखा धमिलो हुनेजस्ता लक्षण देखा पर्छन् । यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकको सल्लाहमा औषधी सेवन गर्नु पर्दछ । घरेलु औषधीको सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय: उच्च रक्तचाप भएमा तरबुजा तथा लिची खानु फाइदाजनक हुन्छ । तरबुजामा क्युकरबोसिटि्रन नामक तत्व पाइन्छ । जसले रक्तबाहिनीलाई चौडा बनाउन मद्दत गर्छ । साथै मिर्गौलालाई सही ढंगले काम गर्न समेत सघाउ पुर्‍याउँछ । प्याजको रसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । जसले रक्तचाप कम गर्न मद्दत गर्छ । एक चम्चा प्याजको रसमा एक चम्चा शुद्ध मह मिसाएर खाए शरीरलाई आराम मिल्छ । गाजरको मुरब्बा बनाएर खाँदा पनि उच्च रक्तचापमा फाइदा गर्छ ।

मनतातो पानीका साथमा नियमित रूपमा दालचिनी पाउडरको सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ । मेथीको दानामा अत्यधिक मात्रामा पोटासियम तथा फाइबर पाइन्छ । राति सुत्नुअघि आधा चम्चा मेथीको दानालाई भिजाउन राखी बिहान उठेर त्यसको सेवन गर्नाले पनि रक्तचाप तुरुन्तै नियन्त्रणमा आउँछ । विहान खाली पेटमा लौकाको जुस सेवन गर्दा रक्तचाप नियन्त्रण हुनुका साथै सुगर कोलेस्ट्रोलजस्तो घातक रोग लाग्नबाट समेत जोगिन सकिन्छ । त्यसैगरी, कागतीको रसको सेवनले पनि रक्तबाहिनीलाई चौडा बनाउन मद्दत गर्छ । जसका कारण रक्त प्रवाह राम्ररी भई रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ ।

लसुनलाई आयुर्वेदिक औषधीका रूपमा प्रयोग गरिएको पाइन्छ । लसुनमा औषधीय गुण भएकै कारण यसले उच्च रक्तचाप नियन्त्रण गर्न सघाउ पुर्‍याउने विज्ञहरूको दाबी छ । केराको सेवन पनि उच्च रक्तचापका बिरामीलाई निकै फाइदाजनक मानिन्छ । केरामा पर्याप्त मात्रामा पोटासियम पाइन्छ, जसले शरीरमा सोडियमको प्रभाव कम गर्न मद्दत गर्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्ने आयुर्वेदिक उपचार: उच्च रक्तचाप नियन्त्रण गर्न गौमूत्र पनि निकै उपयोगी मानिन्छ । विहान खाली पेटमा आधा कप गौमूत्र नियमित रूपमा पिउनाले रक्तचाप सम्बन्धी कुनै पनि समस्या समाधान हुन्छ । अमला, अश्वगन्धा, सर्पगन्धा एवं अर्जुन वृक्षको बाहिरी बोक्रालाई बराबर मात्रामा पिसेर त्यसको चूर्णलाई विहान बेेलुकी सेवन गर्नालेे पनि उच्च रक्तचाप नियन्त्रण हुन्छ । एक-एक ग्राम सुकेको धनियालाई तथा सर्पगन्धालाई दुई ग्राम मिश्रीमा पिसेर त्यसको चूर्ण पानीका साथ सेवन गर्नाले पनि उच्च रक्तचाप नियन्त्रित हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।