धनकुटा ५ मा विभिन्न ४ भातृ संस्था गठन

धनकुटा । धनकुटा नगरपालिका वडा नं ५ मा नेपाली कांग्रेसको विभिन्न भातृ संस्थाहरु गठन गरिएको छ ।

पार्टीको आन्तरिक विशेष अभियान अन्र्तगत त्यस वडामा ज्योती प्रधानको अध्यक्षतमा सेवा दल, गोविन्द श्रेष्ठको अध्यक्षतामा नेपाल किसान संघ, पवित्रा पाचकोटीको अध्यक्षमा नेपाल दलित संघ र जिना श्रेष्ठको अध्यक्षमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती संघ गठन गरिएको वडा उपसभापती गोविन्द्र राईले वताउनु भयो ।

वडामा सञ्चालित विशेष अभियान समापन कार्यक्रममा बोल्दै जिल्ला सविच तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले पार्टीले धनकुटालाई सम्पन्न र जनतालाई सम्मानित बनाउने वताउनु भयो । उहाले यो अभियानबाट कांग्रेस पूर्ण रुपमा रुपान्तरण हुने समेत उल्लेख गर्नुभयो । ५ नं वडा सभापति धन कुमार राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य तथा वडा नं. ५ का संयोजक निरुपा राईले अभियानको उदेश्य बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको संचालन वडा उपसभापति शम्भु प्रधानले गर्नु भएको थियो । स्वागत मन्तव्य अर्का उपससभापति राईले राख्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।