गाउँघरमा पाइने असुरोका यस्ता छन् अद्भूत फाइदा, यति धेरै रोगको लागि रामबाण औसधि हुन्छ

एजेन्सी । नेपालमा १२०० मिटर सम्मको उचाइमा पाइने असुरो वनमा पाइने जडिबुटी हो । आयुर्वेदमा यसको महत्वको विषयमा विशेष चर्चा हुन्छ । यो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो। विभिन्न औषधीय गुण हुने असुरको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ ।

असुरोको बोट बन-जंगल, धाराको छेउछाउ साथै खुल्ला ठाउँहरुमा पाइन्छ। असुरोको बुटा प्रायः १ मिटर भन्दा अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ से.मी सम्म हुन्छ । पातको किनारा धारिलो हुन्छ । फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ।

वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेतवारी एवं कान्लाहरुमा पनि प्रशस्तै पाइन्छ । श्वासमार्गमा जमेर रहेको कफलाई यसले सजिलै बाहिर निकाल्न मद्दत पु-याउँछ । गाउँघरमा असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखु जसरी खाने गरिएको पाइन्छ । यसको हरियो पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँ तथा मासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ । त्यस्तै धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ।

पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ। आयुर्वेदअनुसार यसको प्रयोग घाँटी दुख्ने, हृदयरोग, दम, ज्वरो, कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ। तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन भने मिलाउन आवश्यक रहन्छ ।

कस्तो अवस्थामा असुरोको प्रयोग गर्ने ? रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी देखिएमा, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत बगेमा, विकार रक्तको शुद्धीकरण, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा वा सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएको अवस्थामा समेत यसको प्रयोग गर्न सकिन्छ । यसको पातबाट काढा पकाएर सेवन गरिन्छ । चर्मरोगमा पातको लेदो दलिन्छ । शरीरमा रक्त प्रवाह बढाउन यसको फूलको सेवन गरिन्छ । साथै असुरोबाट जैविक बिषादी र हरियो मल बनाइन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।