एल्विश यादवले जिते बिग बस ओटिटी सिजन–२

एजेन्सी : बिग बसको इतिहासमा पहिलो पटक वाइल्ड कार्ड एन्ट्रीले उपाधि जितेका छन् । यो सिजनको शीर्ष पाँच प्रतिस्पर्धी थिए – एल्विश यादव, अभिषेक मल्हार, मनिष रानी, बेबिका धुर्वे र पूजा भट्ट ।

सबैभन्दा पहिला पूजा भट्ट बाहिरिइन्, त्यसपछि बेबिका पनि विजेताको दौडबाट बाहिरिइन् । शीर्ष तीनको प्रतिस्पर्धा एल्विश, अभिषेक र मनिषा रानीबीच भयो । मनिषा रानी शीर्ष दुईमा पर्न सकिनन् ।

अन्तिम प्रतिस्पर्धा एल्विश र अभिषेक बीच भयो । र बाजी मारे एल्विशले । उनले ट्रफी र २५ लाख भारु इनाम पाए । एल्विश र अभिषेक दुवै चर्चित युट्युबर हुन् र सोसल मिडियामा यी दुईका प्रशंसक लाखौँको सङ्ख्यामा छन् । यसै कारण यो प्रतिस्पर्धामा एल्विशको लोकप्रियता अभिषेकमाथि भारी पर्‍यो । अभिषेक यो संस्करणको सुरुदेखि नै बिग बसको घरमा थिए ।

उनले थुप्रै पटक यसबारे कुरा पनि गरेका थिए । अभिषेकले आफू बिग बसको घरमा पहिलेदेखि नै भएकोले विजेताको हकदार आफू नै हुनुपर्ने भन्दै एल्विशसँग बहस पनि भएको थियो । फाइनल अघि अभिषेक बिरामी परेका थिए । उनलाई अस्पतालमा भर्ना पनि गर्नुपरेको थियो । तर फाइनलमा उनी कार्यक्रममा फिर्ता भए । तर उनले एल्विशलाई उछिन्न सकेनन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।