२६ वर्षकै उमेरमा हसरंगाले लिए टेष्टबाट सन्यास

३० साउन, काठमाडौं । श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

हसरंगाले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

उनले सेतो बल फम्र्याट अर्थात टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय फम्र्याटमा भने निरन्तर खेल्नेछन् ।
हाल क्रिकेट जगतमा उत्कृष्ट लेगस्पिनर तथा अलराउन्डरको छवि बनाएका हसरंगाले २०२० मा दक्षिण अपि|mकाविरुद्ध सेन्चुसरियनमा टेस्टमा डेब्यू गरेका थिए ।

उनले ४ टेस्ट खेलमा १९६ रन बनाउनुको साथै चार विकेट लिएका छन् । उनले पछिल्लो पटक २०२१ अपि्रलमा बंगलादेशविरुद्ध घरेलु मैदान पालेकेलेमा अन्तिम टेस्ट खेल खेलेका थिए ।

उनले ४८ ओडीआई खेलमा ६७ विकेट लिएका छन् । ब्याटिङतर्फ उनले ४ अर्धशतकसहित कुल ८३२ रन बनाएका छन् । त्यस्तै ५८ टी-२०आई खेलमा ५३३ रन बनाउनुको साथै ९१ विकेट लिएका छन् ।

श्रीलंका क्रिकेट बोर्डले हसरंगाको सन्यास लिने निर्णय स्वीकार गरिसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।