नेपाल आउँदै साहिल खान

​भारतीय अभिनेता एवं फिटनेस उद्यमी​ साहिल खान नेपाल आउने भएका छन् । यही श्रावण ३२ देखि भाद्र २ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिङ कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सहभागी हुन उनि नेपाल आउने भएका हुन् ।

खरेल अर्गनाइजेशनले आयोजना गर्न लागेको प्रतियोगितामा अन्य विभिन्न अन्तर्राष्‍ट्रिय ख्याति प्राप्त व्यक्तिहरू पनि आउने कुराको जानकारी आयोजक सज्ञान खरेलले दिए ।

इन्डियाको फ्रेन्चाइज लिएर उक्त कम्पिटिसन गर्न लागिएको आयोजकले जनाएको छ । आफूमा भएको प्रतिभालाई अन्तराष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा यो कार्यक्रमलाई लिन सकिने आयोजकले जनाएको छ । बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सम्पूर्ण जुरीहरू विदेशी रहनेछन् ।

इन्डियामा प्रसिद्ध शोको फ्रेन्चाइजलाई नेपालमा ल्याएर गर्न लागिएको कम्पिटिसनमा १५० जना सहभागी हुनेछन् । कार्यक्रममा नेपाल, मलेसिया, यूएई र भारतका खेलाडीहरूले भाग लिँदैछन् । यसमा विजेताले नगद दुई लाख पचास हजार पुरस्कार प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय कोच क्याथ्रिन केट अस्टिनले एक दिन सम्पूर्ण सहभागीहरूलाई विशेष तालिम दिनेछन् ।

यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरूको समेत सहभागिता रहने खरेलले जानकारी दिए । सुगठित शरीरका धनी साहिल फिटनेस जागरूकता बढाउनका लागि परिचित छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।