गदर–२ ले करोडौँ कमाइ गरिरहँदा सनी देओलको घर लिलामीमा !

मुम्बई । बलिउड अभिनेता सनी देओल आफ्नो फिल्म गदर २ को कमाइलाई लिएर चर्चामा छन् । यो फिल्मले ३ सय करोड भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ ।

यसैबीच सनी अर्को खबरले चर्चामा छन् । बैंक अफ बडोदाले मुम्बईमा रहेको उनको जुहू बंगलाको लिलामीको तयारी गरिरहेको छ । यसको मिति पनि तय भइसकेको छ ।

रिपोर्टका अनुसार सन्नी देओलले बैंकबाट ऋण लिएका थिए । त्यसको असुलीका लागि बैंकले सम्पत्ति लिलामीका लागि राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन दिएको छ । सनी माथि बैंकको करिब ५६ करोड ऋण छ ।

अखबारको विज्ञापनमा सनी देओलको नाम अजय सिंह देओल राखिएको छ र उनको बंगला सन्नी भिल्ला र ऋणको विवरण दिइएको छ । उनका भाइ बबी देओल (विजय सिंह देओल) र बुबा धर्मेन्द्र ऋण लिन ग्यारेन्टर बनेका थिए । सनी देओलको कम्पनी सन्नी सुपर साउन्ड लिमिटेड उनको ऋणको कर्पोरेट ग्यारेन्टी हो।

सनी देओलको बंगला ‘सनी भिल्ला’ गान्धीग्राम रोड, जुहूमा अवस्थित छ। बंगलाको जग्गा ५९९.४४ वर्ग मिटर छ । यस बंगलाको लिलामी सेप्टेम्बर २५ मा हुनेछ र सम्पत्तीको आरक्षित मूल्य 51.43 करोड राखिएको छ।

विज्ञापनमा लिलामीको दिन अघि ऋणी (सनी देओल) ले बक्यौता रकम तिरेर सम्पत्ति पुन: प्राप्ति गर्न सक्ने लेखिएको छ । सनीका प्रतिनिधिले यस सम्पूर्ण मामिलामा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी यो मुद्दा सुल्झाउने प्रक्रियामा छौँ । यो समस्या समाधान हुनेछ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।