रेशम चौधरीलाई जेल हाल्न मिल्छ कि मिल्दैन ? सांसदको प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीशले यसो भने

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई रेशम चौधरीको मुद्दाबारे साधिएको प्रश्नमा बोल्न चाहेनन्।

संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइको क्रममा कांग्रेस सांसद रमेशजंग रायमाझीले सरकारको निर्णयको सिफारिसमा राष्ट्रपतिबाट माफी भयो। अहिले सर्वोच्चको फैसलाको पूर्णपाठनले दोषी ठहर गरेको छ। अब रेशम चौधरीलाई अब जेल हाल्न मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरेका थिए।

तर, त्यसबारे उनले धेरै बोल्न चाहेनन्।
उनले भने, ‘संविधान पनि कानून हो । संविधानको केही कार्यात्मक बाध्य व्यवस्था हुन्छन् । कार्यात्मक गर्नुपर्ने कामहरू हुन्छन् यति मात्रै निवेदन गर्छु ।’

सर्वोच्च अदालतले दोषी ठहर गर्दे जन्म कैदको सजाय पाएका चौधरी फैसला गरेको चौधरीले सरकारको सिफारिसमा १५ फागुनमा राष्ट्रपतिबाट सजाय मिनाहा गराउँदै रिहा भएका थिए ।

तर, टिकापुर घटनाबारे गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि तिनै तहका अदालतबाट दोषी ठहर भएका चौधरीलाई गरिएको माफी मिनाहाप्रति प्रश्न उठेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद चौधरीलाई अदालतले जेठ २ गते कैलाली जिल्ला अदालतले २०७५ फागुन ११ गते र उच्च अदालतले २०७७ पुस २ गरेको फैसलालाई सदर गरेको थियो ।nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖