न्यायाधीश र मन्त्रीका श्रीमतीको फेसबुक ह्याक

काठमाडौं। फेसबुक ह्याक गरी ठगी गर्ने गिरोहले न्यायाधीशदेखि मन्त्रीसम्मका श्रीमतीलाई पीडित बनाएको खुलेको छ।

बागमती प्रदेश सरकारका एक मन्त्री र काठमाडौं जिल्ला अदालतका एक न्यायाधीशका श्रीमतीको फेसबुक ह्याक भएको हो। उनीहरुको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा प्रहरीले गिरोहलाई पक्राउ गरेको छ।

केहि दिन अघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फेसबुक ह्याक गरी साथीको सूचीमा रहेकासँग पैसा माग गर्ने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उक्त गिरोहले ३० वटा फेसबुक आईडि ह्याक गरेको पाइएको छ भने १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको देखिएको छ।

न्यायाधीशकी श्रीमती रहेकी पीडित सर्वोच्च अदालतमा कार्यरत उपसचिव पनि हुन्। काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।