२३ क्विन्टल सुन रातारात बाहिर पठाइएको सूचना हामीसँग छ :गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफूहरुले उच्चस्तरीय छानबिन आयोगको माग गरेपछि २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ठूलो मात्रामा सुन बाहिर पठाएर एक क्विन्टल सुन समातिएको बताए ।

उनले भने, ‘यो फगत नौटंकी हो वा खास कारणले समातियो, यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरेपछि त्यसको प्रतीक्षामा छौं ।’

लोकतन्त्रमा प्रतिपक्षको आवाज रोक्न खोजेपछि संसद अवरोध भएको बास्कोटाले बताए । उनले स्टन्ट छाडेर सत्यतथ्य कुरा बाहिर ल्याउन चुनौती दिए ।

सांसद बास्कोटाले पूर्व देखाएर पश्चिम हान्ने माओवादीको नीतिप्रति संकेत गर्दै जलहरी र ३३ किलो सुनको हल्ला सदनमा चलाएर सरकारले एयरपोर्टमा क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको आरोप लगाए ।

उनले नेकपा एसका मेटमणी चौधरी,माओवादी केन्द्रका राजन दाहाल,कांग्रेसका रामहरी खतिवडाहरुप्रति संकेत गर्दै फलानो फाइल खोलेर फलानो नेतालाई थुन्छौं भन्ने हावादारी कुरा नगर्न चेतावनी दिए ।उनले सबै फाइल खोल्न चुनौति समेत दिए ।

बास्कोटाले भने–सत्तापक्षले रुखको हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । स्टन्टबाजी होइन जरासम्म पुग्ने हिम्मत देखाउनुस् । सत्तापक्षका सांसदले फलानो विपक्षी दलको नेता फलानो मितिमा जेल जान्छ भन्ने ? लैजानुस् न पाता कसेर,कसले रोकेको छ ? ललकार्ने,तर्साउने किन ? यस्ता हावादारी वाइयात कुरा नगर्नुस्,जनताको नेताको अपमान गर्ने कुरा स्वीकार्य छैन ।

बास्कोटाले हालै प्रधानमन्त्रीले बालुवाटारमा सम्पादकहरुलाई बोलाएर कसले निर्णय गरिरहेको छ आफूलाई थाहा हुन छाडेको भनेर लाचारी व्यक्त गरेकोमा समेत आपत्ति जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।