कोशीका पूर्वप्रदेशसभा सदस्य अंसारीको निधन

इनरुवा, १२ भदौः सुनसरी क्षेत्र नं ४(२) का पूर्वप्रदेश सांसद हाजी ताहिर मियाँ अंसारीको निधन भएको छ । नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं ४(२) बाट कोशी प्रदेशसभामा उहाँ विजयी हुनुभएको थियो ।

सुनसरी क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापति र भुटाहा गाविसका अध्यक्षसमेत रहनुभएका अंसारीको आफ्नै निवास हरिनगर गाउँपालिका–२ भुटाहामा ८० वर्षको उमेरमा निधन भएको हो ।

वगत केही वर्षदेखि मुटुको रोगबाट पीडित उहाँ नेपाली कांग्रेस सुनसरी दक्षिण क्षेत्र भुटाहाका एक अग्रज नेता तथा पार्टीको अभिभावक हुनुहुन्थ्यो । विसं २००१ मा जन्मिनुभएका अंसारी तत्कालीन सुनसरी क्षेत्र नं ५ मा क्षेत्रीय सभापतिसमेत हुनुभएको थियो ।

उहाँ नेपाली कांग्रेसबाट २०४८ र २०५१ सालको आम निर्वाचनमा तत्कालीन भुटाहा गाविसबाट दुई पटक अध्यक्षमा विजयी हुनाका साथै नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको कांग्रेसले जनाएको छ ।

अंसारीको निधनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला सभापति केदार भण्डारी, सुनसरी क्षेत्र नं ४ का सभापति ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलगायतले शोक व्यक्त गर्नुभएको छ ।उहाँको निधनमा हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले बिदा दिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।