हिले बेडमिन्टन क्लबमा याम्फु
धनकुटा । भैरब याम्फुको अध्यक्षतामा ११ सदश्य नयाँ कार्यसमिती चयन गर्दै हिले बेडमिन्टन क्लबको पाँचौ साधारणसभा सम्पन्न भएको छ ।
क्लवको उपाध्यक्षमा राम प्रधान सचिबमा सन्तोस श्रेष्ठ, सहसचिबमा पेम्वा लामा र कोषध्यक्षमा आशिस तामाङ रहनु भएको छ । त्यस्तै सदस्यहरुमा श्री ओम श्रेष्ठ, सन्तोस राणा, कुमार तितुङ, शिव कार्की, अरुणा तामाङ र प्रमिला बरुवाल ठकुरी रहनु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले गर्नु भयो । कार्यक्रममा बोल्दै मेयर तामाङ खेलकुद स्वास्थ्य र राष्ट्र दुबैको लागि भएकोले धनकुटा नगरमा सञ्चालन हुने जुनसुकै खेलकुदका गतिबिधिमा आफुले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा क्लबका सदस्य सहित हिलेका बिभिन्न ब्याक्तित्व, तथा स्थानियबासीको उपस्थिति रहेको थियो । यो क्लबले बेडमिन्टन खेल सहित रक्तदान बिक्षारोपण लागायतका बिभिन्न सामाजीक काम समेत गर्दै आएको सस्थाका सचिब सन्तोस श्रेष्ठले बताउनु भयो । सोहि अबसरमा क्लबले क्लबलाई सहयोग पुर्याउने ब्याक्तिलाई सम्मान समेत गरेको छ ।
सम्मानित हुनेमा बितरक संघ धनकुटाका अध्यक्ष कृष्णराज श्रेष्ठ, जुनु चियाबारीका म्यानेजर राजेश कट्वाल रहनु भएको छ । उहाहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।






