खाँदबारीमा क्याम्पस भवन उद्घाटन

खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्तरूपमा सो भवनको उद्घाटन गर्नुभएको हो ।

नेपाल–भारत विकास सहयोगअन्तर्गत रु तीन अर्ब ७४ करोडको लागतमा भवन निर्माण गरिएको हो । तीन तले भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हललगायतको व्यवस्था छ ।

परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पु¥याउँदै आएको बताउनुभयो । उहाँले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरूको सुखद भविष्य निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । यो सहकार्यले हालैका वर्षमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा ठूलो फड्को मारेको उहाँको भनाइ थियो । दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकताअनुरुप विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताउनुभयो । क्याम्पसमा हाल छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । hospitalharrywilliams.org अध्ययन गर्नेमा ६० प्रतिशत छात्रा रहेको क्याम्पसले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।