बिदाइ तथा स्वागतमा भोजपुरे खुकुरी उपहार

टक्सार (भोजपुर) २२ भदौ : पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरीका लागि प्रसिद्धि कमाएको जिल्ला हो । यहाँ आउने र जाने जो सुकै कार्यालय तथा सङ्घसंस्थाका कर्मचारीलाई भोजपुरे खुकुरी दिएर स्वागत तथा बिदाइ गरिने प्रचलन छ ।

व्यवसायीको छाता संस्था उद्योग वाणिज्य सङ्घ भोजपुरले जिल्लामा आउने अतिथि तथा विभिन्न निकायका प्रमुखलाई भोजपुरे खुकुरी दिएर स्वागत तथा बिदाइ गर्ने प्रचलन नै बनाएको कार्यालय सचिव मीना कार्कीले बताउनुभयो । भोजपुर खुकुरीका लागि प्रसिद्धि कमाएको जिल्ला भएको बताउँदै कार्कीले भन्नुभयो, “भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी, यसले नेपालमा मात्र होइन विदेशमा पनि ख्याति कमाएको छ, उद्योग वाणिज्य सङ्घले त स्वागत र बिदाइमा नै खुकुरी उपहार दिन्छ ।”

जिल्लामा स्वागत तथा बिदाइमा मात्र नभएर कर्मचारीले आफूलाई प्रयोग गर्न र साथीका लागि भोजपुरे खुकरी किन्ने गरेको वर्षौंदेखि सदरमुकाममा खुकुरीको व्यवसाय गर्दै आउनुभएका उर्मिला आरण उद्योग भोजपुरका सञ्चालक हिरालाल श्रेष्ठले बताउनुभयो । “विगतमा द्वन्द्वका कारण केही समय खुकुरी उद्योगहरू पनि धरासायी बनेको थियो तर अहिले व्यवसाय सहजरूपमा सञ्चालन आएको छ”, उहाँले भन्नुभयो ।

भोजपुरमा बाहिरबाट घुम्न आउनेले ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नि !’ भन्दै सोध्ने गरेको बताउँदै व्यवसायी श्रेष्ठले भन्नुभयो, “कुनै कार्यालयमा कर्मचारीको सरुवा हुँदा खुकुरीको नै माग आउने गरेको छ । खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालीगडको अभावका कारण समस्या भने देखिने गरेको छ । सजावटका लागि यहाँ बन्ने खुकुरी नेपालका साथै बाहिरी मुलुक बेलायत, अमेरिका, फ्रान्सलगायतमा पनि ढुवानी हुने गरेको छ ।

सरकारी कार्यालयमा माथिल्लो निकायबाट अनुगमन तथा निरीक्षणका साथै लेखा परीक्षणमा आउने कर्मचारीलाई पनि बिदाइका क्रममा भोजपुरे खुकुरी दिएर बिदाइ गर्ने गरिएको छ । कर्मचारी मिलन केन्द्रका सचिव प्रकाश खड्का केन्द्रबाट हुने हरेको बिदाइमा भोजपुरे खुकुरी नै उपहारस्वरूप दिइने गरिएको बताउनुहुन्छ । खडका भन्नहुन्छ, “हामी त अन्य सामाग्री प्रयोग गर्दैनौँ, कार्यालय प्रमुख तथा कर्मचारीहरूका लागि प्रसिद्धि पाएको भोजपुरे खुकुरी नै दिन्छौँ ।”

भोजपुरमा विसं १९६५ देखि खुकुरीको व्यवसाय सुरु भएको इतिहास छ । विसं २०२७ मा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरे खुकुरी उपहार दिएको बताइन्छ । उनको खुकरी बनाउने कला देखेर राजा महेन्द्रबाट रु एक हजार बक्सिस मिलेकाले सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीको भनाइ छ ।

जिल्लाको दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावालगायत ठाउँबाट खुकुरी बिक्रीका लागि आउने गरेको छ । जिल्लामा बुदुना, बाँसपाते, सिरूपातेलगायत खुकुरी बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।