पाख्रिबासमा किशोरी बलात्कृत,बलात्कार आरोपमा ६७ बर्षीय तामाङ पक्राउ

धनकुटा । धनकुटाको पाख्रिबासमा एक किशोरी बलात्कृत भएकी छिन् ।

१६ वर्षीय किशोरीको बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका–८ का ६७ वर्षीय रंगलाल तामाङ रहेका छन् ।

तामाङलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । विगत केही दिन अगाडि नै घटना घटेपनि परिवारले हिजो मात्र थाहा पाइ प्रहरीमा उजुरी दिएपछि पीडकलाई पक्राउ गरिएको हो ।

स्कुल आउने जाने क्रममा पीडित किशोरीको पीडकसंग चिनजान भएको र गएको आइतबार दिउँसो किशोरीलाई डरत्रास देखाई आफ्नै घरको कोठामा लगेर बलात्कार गरेको तामाङमाथि आरोप छ ।

सो उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖