बाल दिवसमा धनकुटा नगरपालिकाले गर्यो वक्तृत्वकला प्रतियोगिता

धनकुटा, ३० भदौं । ५९ औं बाल दिवसको अवसर पारेर धनकुटामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । दिवसको अवसरमा धनकुटा नगरपालिकाले ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा तुलसी मेहर माविका डिना घिमिरे पहिलो, बालसंसार माविका दिया बस्नेत दोस्रो, निजामती आवासीय माविका आर्शी अधिकारी तेस्रो र गोकुण्डेश्वर माविका किरण अधिकारीले चौथो भएका छन् । उनीहरूलाई क्रमशः पाँच, चार, तीन र एक हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा धनकुटा नगरपालिका क्षेत्रका नौ विद्यालयका विद्यार्थीहरू सहभागि थिए । धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा डा.यज्ञप्रसाद गुरागाईँ, शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठ र सञ्चारकर्मी रमेशचन्द्र अधिकारी निर्णायकको भूमिकामा थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी, गैरसरकारी संस्थाका अध्यक्ष मीन सुवेदी, हुसाडेक नेपालका उपाध्यक्ष कृष्णगोविन्द अधिकारी, केदार दाहाल लगायतले वाल दिवसको सन्दर्भमा धारणा राखेका थिए । यसैगरी, बाल दिवसको अवसरमा धनकुटामा ¥याली र अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖