सहिदभूमिमा कांग्रेसको संगठन विस्तारबारे छलफल
धनकुटा । नेपाली कांग्रेस धनकुटाले आज धनकुटाको सहिदभूमीको पिप्लेमा संगठन विस्तार र भातृ तथा भगिनी संस्थाहरुको अधिवेशनको वारेमा छलफल तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईले अव नेपाली कांग्रेसले समयअनुसार नया ढंगबाट संगन विस्तार गर्नु पर्ने र समयमानै भाृत,शुभेच्छुक तथा भगेनी संस्थाहरुको अशिवेशनहरु समयमानै गर्नु पर्नेमा जोड दिनु भयो ।
नेपाली कांग्रेस सहिदभूमी गाउपालिका सभापती टंक राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्य सुमना तिम्सिना,नेपाली कांग्रेसका जिल्ला सदस्यहरु तिर्थ राई,रमेश राई,अम्विका धमला,यज्ञ राई,योगेन्द्र राई,लोकतान्त्रिक आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष नरेन्द्र कस्चित, नेपाल महिला संघ धनकुटाका सचिव संगिता चापागाई,जिल्ला सदस्य तथा पालिका संयोजक कमला भट्टराई,जिल्ला सदस्य दुर्गा परियार,सहिदभूमी गाउपालिका नेपाली कांग्रेसका उपसभापती भुषण राई,तोर्ण परियार,सचिव दिपेन राई,वडा नं. ५ का वडाध्यक्ष दौलत राई,वडा सभापतीहरु सन्तोष राई,कनक राई,रत्न राई,दुर्गा विष्ट,नेपाल सास्कृतीक संघका जिल्ला सदस्य धन वहादुर परियार लगायतले नेपाली कांग्रेस अव नया उर्जा र उत्साहका साथ अगाडी बढ्ने वताउनु भयो ।
उहाहरुले अव भातृ तथा शुभेच्छुक र भगिनी संस्थाहरुको अधिवेशनहरु समयमानै गरी सवैलाई चलायमान वताउनु पर्नेमा जोड दिनु भएको थियो ।


