समाजवादी मोर्चा धनकुटाको अध्यक्षमा पार्वती राई
नरेन्द्र कश्चित,धनकुटा । आज भएको जिल्ला स्त्तरीय सन्देश तथा घोषणा सभाबाट जनता समाजवादी पार्टी धनकुटाका कार्यवाहक अध्यक्ष पार्वती राईको अध्यक्षतामा आठ सदस्यीय समाजवादी मोर्चा घोषणा गरिएको छ ।
विभिन्न समयमा भएका विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धीहरु संविधानमा सुरक्षित रहेको तर पछिल्लो समयमा प्राप्त गरिएका उपलब्धीहरुमाथि गलत भाष्य निर्माण गरिरहेकाले चार दलीय समाजवादी मोर्चा गठन गर्न परेको घोषणा सभाका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी सदस्य रकम चेम्जोङ्घले बताउनुभयो ।संघीयताको कारणले देशमा भ्रष्टाचार,साम्प्रदायिक दङ्घ,शुसासन कायम भएन भनेर गलत भाष्य निर्माण गरेर भ्रमको खेतिबाट प्राप्त उपलब्धीहरुमाथि आक्रमण हुन थालेकाले संविधान रक्षाको लागि समेत समाजवादी मोर्चाको अघि वढेको र यो तल्लो तहसम्मै मोर्चा गठन गरिदै लगिने समेत प्रमुख अतिथि चेम्जोङ्घले बताउनु भयो ।
जिल्ला स्त्तरीय सन्देश तथा घोषणा सभाले सदम्यहरुमा नेकपा माओवादीका धनकुटा संयोजक कुसुम कुमारी श्रेष्ठ,अर्जुन राई,ध्रुव सि,जीवन कुथुमी राई,विष्णु कुमारी कदाङवा,सरोज राई र नवीन सि चयन गरेको हो ।
घोषणा सभामा समाजवादी सिद्धान्त बोकेका नेपालका पार्टीहरुले समाजवाद स्थापनाको लागि समाजवादी मोर्चा गठन गर्न परेको नेपाल कम्युनिष्ट पार्टी९एकिकृत समाजवादी० का केन्द्रीय सदस्य तथा समाजवादी मोर्चा १ नं। प्रदेश सदस्य सरिता खड्काले बताउनु भयो ।
नेत्र विक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य दिपेश सि।ले अझैपनि श्रमिक,मजदुरहरुको राज्यसत्ता प्राप्त नभइसकेकोले वैज्ञानिक समाजवाद प्राप्तिको लागि समाजवादी मोर्चा घोषणा गरिएको बताउनुभयो ।घोषणा सभा जनता समाजवादी पार्टी नेपाल धनकुटाका कार्यवाहक अध्यक्ष पार्वती राई अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक कुसुम कुमारी श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो ।


