छथर जोरपाटी गाउँपालिकामा एमालेको चरम असन्तुष्टि

धनकुटा । स्थानीय तहको निवार्चन भएको १८ महिना पछि छथर जोरपाटी गाउँपालिकामा क्रियासिल प्रमुख राजनीतिक दलमध्ये एक नेकपा एमालेले छथर जोरपाटी गाउँपालिकाको अध्यक्ष छत्र बहादुर सुब्बाको कार्यशैलीलाई लिएर चरम असन्तुष्टी व्यक्त गर्दै ज्ञापन पत्र प्रस्तुत गरेको छ ।

दोस्रो स्थानीय तहको निर्वाचन पश्चात गाउँपालिकाको कार्यलाई नजिक बाट नियालिरहेको र गाउँपालिकामा अध्यक्ष छत्र बहादुर सुब्बाको अराजक गतिबिधि बढ्न थालेको र कुनै बेला कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा जिल्लामै प्रथम, कोशी प्रदेशमा आठौं र समग्र देशमा १३ औं स्थानमा पुग्न सफल गाउँपालिका पछिल्लो समयमा अध्यक्ष सुब्बाको मनोमानी हुकुमी प्रवृत्ति तथा असक्षमताको कारण छथर जोरपाटी गाउँपालिकामा मौलाइरहेको विकृती विरुद्ध पालिका अध्यषलाई सचेत गराउने उद्देश्यले ज्ञापन पञ बुझाइएको नेकपा एमाले छथर जोरपाटीको गाउँपालिका कमिटी अध्यक्ष इन्द्र सारु मगरले बताए ।

नेकपा एमालेले अध्यक्षलाई बुझाएको ज्ञापन पत्रमा अध्यक्षले अन्य गाउँपालिका पदाधिकारी तथा सदस्यहरुलाई पूर्णरुपमा बेवास्ता गर्दै आफू मात्र निर्वाचित जसरी गरेको कामको घोर भत्र्सना गरेको छ । छथर जोरपाटी एमालेले अध्यक्षको कामकारवाहीको बारेमा प्रश्न चिन्ह उठाउने क्रममा आर्थिक वर्ष २०८०-८१ दर रेटमा पूर्ण छलफल नगरेको, २०८० असार २५ गते गाउँसभामा प्राप्त गरेको आदेश भन्दा फरक रुपमा २ करोड ३ लाख रकम थप गरि बिनियोजित ऐन प्रकाशित गरेको, करार तथा ज्यालादारी कर्मचारीलाई अध्यक्षको अमुक दल नेपाली कङ्ग्रेशको पार्टी प्रशिक्षण दिएको, नागरिक सुरक्षित आवास कार्यक्रमको ३०० घर स्वीकृत भए पनि कार्यान्वयन नगरेको, पालिकाको ठेक्का लागेका बहुवर्षिय र दीर्घकालिन योजनाहरु अलपत्र पारेको, तांखुवा खोला झोलुङ्गे पुलको रकम भुक्तानी नगरेको, आर्थिक वर्ष २०७९÷८० मा जिन्सीमा बाँकी रहेको रातो कर्कट पाता रातारात आफ्नो कार्यकर्तालाई वितरण गरेका, गाउँपालिकामा कार्यरत मा.वि प्रथम श्रेणीका शिक्षकलाई मा.वि दरबन्दी नै नभएको स्थानमा लहडको भरमा सरवा गरी शिक्षकको मानमर्दन गरको र गाउँसभाले बजेट सुनिश्चित गरी करार तथा ज्यालादारी मा कार्यरत कर्मचारीलाई एकलौटी रुपमा म्याद थप नभएको भन्ने जस्ता गतिविधिले समग्र छथर जोरपाटीको गरिमामा आँच आएको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य बलदिप राईले अध्यक्षले गाउँपालिकाकै प्रमुख दललाई बाइपास गर्दै मनोमानी ढङ्कको गतिबिधि नगर्न सचेत गराए । राई भन्छन्, ”आन्दोलनबाट स्थापित छथर जोरपाटी गाँउपालिका जनताको म्यान्डेट लिएर आउने जुनसुकै पार्टी अध्यक्ष भए पनि पालिकाको हितमा आफ्नो पार्टी दृढ भएर लाग्ने तर अध्यक्षले पालिकालाई आफ्नो पेवा ठान्ने दुस्साहस नगर्नुहोला ।

सोही कार्यक्रममा छथर जोरपाटीको संस्थापक एवम् पूर्व अध्यक्ष शेर बहादुर लिम्वुले अध्यक्षको कार्यशैलीको आलोचना गर्दै विधिसम्मत निर्णय गर्न र २०८० श्रावण देखि स्थगन रहेको गाउँ कार्यपालिकाको नियमित बैठक यथाशिघ्र बोलाई पालिकालाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्म अनुसार बिधिसम्मत अगाडी बढाउन र हालसम्म पनि छथर जोरपाटी गाउँपालिकामा क्रियाशिल राजनीतिक दलहरुसँग कुनै पनि सम्वाद र सहकार्य नगरेकोले त्यस्तो रवैया त्याग्न समेत अनुरोध गरे ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा पालिका सह इन्चार्ज शिव कुमार श्रेष्ठले चाडपर्वको बीचमा एकलौटी ढङ्गले पालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने जस्तो निर्णयले समग्र पालिकाको मानमर्दन गरेको बताए । कोभिडको सङ्कटको बेलामा अहोरात्र खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीमाथि सहज परिस्थितमा गरेको ज्यादती बिरुद्ध जस्तो सुकै कदम उठाउन परे पनि नेकपा एमाले पछी नहट्ने उनले बताए ।

ज्ञापन पत्र बुझाउन आएको नेकपा एमालेको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष छत्र ब. सुब्बाले नेकपा एमाले जस्तो जिम्मेवार राजनीतिक दलले राखेको कुरालाई आफूले गम्भीरताका साथ लिएको बताए । उनले छिटै छथर जोरपाटीमा क्रियाशिल प्रम्ख राजनीतिक दलहरुको संयुक्त बैठक आह््वान गर्दै पालिकामा देखिएको समस्याको अन्त्य गर्ने विचार व्यक्त गरे ।

आफूलाई अराजक, तानाशाही जस्ता लान्छनायुक्त शब्द प्रयोग गरेकोमा दुःख व्यक्त गर्दै संवैधानिक रुपमा अगाडी बढ्ने क्रममा आफू बाट केही कमिकमजोरी भएमा आगामी दिनमा सच्याउँदै अगाडि बढ्ने आफ्नो विचार व्यक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖