एमाले धनकुटाको ७ औं जिल्ला अधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठक भोलि

धनकुटा । नेकपा एमाले धनकुटाको ७ औं जिल्ला अधिवेशन प्रतिनीधि परिषदको प्रथम बैठक भोलि हुने भएको छ ।

बैठक पार्टीका वरिष्ठ केन्द्रिय उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा बस्न लागेको हो । बैठकमा जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुलीले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुने तयारी गरिएको छ ।

त्यस्तै पार्टीका आर्थिक विभाग प्रमुख तारा तितुङले आर्थिक विवरण गर्नुहुने छ । त्यसपछि पार्टी जिल्ला अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल र समसामयिक विषयमा प्रस्ताव पारित गर्दै बैठक सम्पन्न हुने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख नैना रुचालले जानकारी दिनुभयो ।

बैठकमा ९ सयको हाराहारीमा प्रतिनीधिहरु उपपस्थित हुने नेकपा एमाले धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।