कोशी प्रदेशमा एमाले मध्यावधि निर्वाचन चाहंदैन : बरिष्ठ उपाध्यक्ष पोखरेल
धनकुटा,२३ कार्तिक । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशमा नेकपा एमालेले मध्यावधि निर्वाचन नचाहेकोले सरकारबाट बाहिरिए पनि समर्थन भने सरकारलाई दिएको बताउनु भयो ।
पाटी कार्यक्रमको सिलशिलामा धनकुटामा आउनु भएका बरिष्ठ नेता पोखरेलले प्रेस चौतारी नेपालले धनकुटामा गरेको पत्रकार संम्मेलनमा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
फरक प्रसंगमा बोल्दै नेता पोखरेलले भूकम्प प्रभावित क्षेत्रमा राज्य संयन्त्रमा रहेकाहरुले पर्यटन आतंक सिर्जना गरेको आरोप लगाउनु भएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत र पुन: स्थापनाका काम गर्नको सट्टा पर्यटन आतंक सिर्जना गरेको र राहत क्षतिपूर्ती र घाइतेको उपचारमा समेत राजनैतिक आस्थाका आधारमा विभेद गरेको समेत उहाँको भनाई थियो ।


