धनकुटामा यसरी मनाइयो राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती

धनकुटा । किरात धर्मदर्शनदाता, समाज सुधारक, १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्तीको अवसरमा धनकुटाको चौविसे २ काभ्राबोटे स्थितको किरातेश्वर हाङसाङ युम्हा माङहिम मन्दिरमा
विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहन तुम्छाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा १०८ दीप प्रज्वलन, भलिवल र नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी किरात धर्म तथा साहित्य उत्थान समिती धनकुटाका अध्यक्ष पूर्ण खजुमले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले किरात धर्म सँस्कृती उत्थानमा फल्गुनन्द लिङ्देनले पुर्याउनु भएएको योगदानको कदर गर्दै सबै जातजाती तथा समुदायले अनुशरण गर्नपर्ने बताउनु भयो ।

कार्यक्रममा जनप्रतिनीधि ईन्द्र कुमार तुम्छा, समाजसेवी सञ्च वहादुर मादी,भीम तुम्छा, शालिग्राम पौडेल लगायतले मन्तव्य राखेका थिए । सञ्चालन मन्दिर व्यवस्थापन समितीका सचिव निलोक तुम्छाले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।