नेपाल बौद्धिक परिषद धनकुटाको बौद्धिक दर्पण लोकार्पण

नरेन्द्र कश्चित,धनकुटा । नेपाल बौद्धिक परिषद धनकुटाले बौद्धिक दर्पण २०८० आज बिमोचन कार्य सम्पन्न गरेको छ ।

दिपावली लगायत नेपालीहरुको साँस्कृतिक चाडपर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा उक्त बौद्धिक दर्पण २०८० बिमोचन गरिएको हो ।

नेपाल बुद्धिजीवी परिषद कोशी प्रदेश इन्चार्ज यज्ञ शर्माको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा परिषदका धनकुटा अध्यक्ष डा.यज्ञ प्रसाद गुरागाईँद्वारा धनकुटामा प्रगतिवादी साहित्यको विकास विषयकमा
कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा नेपालीहरुको विभिन्न साँस्कृतिक चाडपर्वको अवसरमा कोशी प्रदेश माननीय निरन राई,माननीय इन्द्रमणी पराजुली,जिल्ला समन्वय समितिका उप-प्रमुख सावित्रा राई,मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशका अध्यक्ष गोपाल गुरागाई,श्री गोकुन्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर मिश्र,नेपाल बुद्धिजीवी परिषद कोशी प्रदेश अध्यक्ष प्रा.डा.अर्जुन बराल लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

नेपाल वुद्धिजीवि परिषदका धनकुटा उपाध्यक्ष गोविन्द राई स्वागत मन्तब्य राख्नु भएको थियो भने बौद्धिक दर्पण २०८० पुस्तकमाथि परिषद सदस्य सन्तनु पोख्रेलद्वारा प्रकाश पार्नु भएको थियो ।कार्यक्रम संचालन परिषदका सचिव गिता अधिकारीले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।