पुर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को मेगा अडिसन भोलिदेखि सुरु
धनकुटा । टिन्ज कृउ डान्स सेन्टर धनकुटाको आयोजनामा प्रत्येक बर्ष आयोजना गरिंदै आएको गायन तथा नृत्य प्रतियोगिता पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ५ को मेगा अडिसन भोलिदेखि सुरु हुने भएको छ ।
भोलि गायन तर्फको अडिसन हुनेछ । मेगा अडिसनका लागि विभिन्न जिल्लाबाट छानिएर आएका ३ सय २० जनाले प्रतिस्पर्धी गर्नेछन् भने अन्तिम ४० जना छनौट हुनेछन् ।
त्यसैगरि मेगा अडिसनको दोस्रो दिन पौष ७ गते नृत्य विधामा छानिएका २ सय ३० प्रतिष्पर्धीले प्रतिस्पर्धा गर्नेछन् भने अन्तिम ४० जना छनौट गरिनेछन् ।
निर्णायकहरुमा गायन तर्फ जुनी खालिंग राई र नृत्य तर्फ युसिन यसमाली मगर र विशेष गुरुंग रहने छन् ।
प्रतियोगिता सामुदायिक भवन धनकुटामा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।


