इतिहासविद् चेम्जोङको सालिक अनावरण

बनियानी । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ ।

रु १५ लाख ६० हजार नौ सय ६६ को लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए । यसका लागि दाताहरुबाट रु २१ लाख ५२ हजार दुई सय ५६ सङ्कलन गरिएको र रु छ लाख ३१ हजार दुई सय ९० बचत समेत भएको संयोजक चेम्जोङले बताए ।

हाल पठनपाठन हुँदै आएको किराँत भाषा र लिपिको विकास एवं विस्तारमा इमानसिंह को योगदान उच्च रहेको छ । तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सरकारले उनलाई राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ ।

यसैबिच स्व चेम्जोङको एक सय २१औँ जन्मजयन्तीका अवसरमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले उक्त सालिक अनावरणसमेत गरेका छन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।